Comments Add Comment

प्रियंकासँगको सम्वन्ध निकले मुख खोले, ईंगेजमेन्ट भइसकेको स्वीकारोक्ति

बलिउड नायिका प्रियंका चोपडासँगको प्रेम र विवाहका विषयमा हलिउड सिंगर निक जोनसले पहिलोपटक मुख खोलेका छन् । उनले प्रियंकासँग आफ्नो ईंगेजमेन्ट भइसकेको स्वीकार गरे ।

हालै एक कार्यक्रममा प्रियंका र निक दुवै उपस्थित थिए । पत्रकारहरुले प्रियंकालाई निकसँगको सम्वन्धबारे लगातार प्रश्नको वर्षा गरेपछि प्रियंका आक्रोशित भएकी थिइन् ?

‘मेरो निजी जिन्दगीको कुरा तपाईंहरुलाई किन बताउने ? के म चुनाव लड्न लागिरहेकी हुँ र ?’ प्रियंकाले झोक्किदै भनिन् ।

त्यसपछि पत्रकारहरु निकतिर लागे । उनले भने शान्त भएर जवाफ दिए । पत्रकारले उनलाई सोझै ‘पि्रयकासँगको ईंगेजमेन्टका लागि बधाई’ भनेका थिए । जवाफमा उनले धन्यवाद दिए । थप केही बोलेनन् ।

त्यसपछि उनलाई विहे कहिले गर्ने भनेर सोधियो । निकले यसबारे कुनै टुंगो नलागेको बताए । यद्यपि, आफू घर बसाउनका लागि आतुर रहेको पनि उनले उल्लेख गरे ।

‘म चाँडोभन्दा चाँडो आफ्नो परिवार बनाउन चाहन्छु र उनी पनि यस्तै चाहन्छिन् । तर, हामी दुवै जना व्यस्त भएकाले समय निकाल्न गाह्रो भइरहेको छ,’ निकले भने । निकले यसो भनिरहँदा प्रियंका भने घोसेमुन्टो लगाएर बसिरहेकी थिइन् ।

प्रियंका हालै एक हलिउड फिल्ममा आवद्ध भएकी छन् । त्यसअघि उनले सलमान खानको बलिउड फिल्म ‘भारत’ मा अभिनय गर्न लागेकी थिइन् । तर, अहिले यो फिल्म उनले छोडिसकेकी छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment