Comments Add Comment

इबोलाले कंगोमा थप दशको मृत्यु

कंगोको इबोला नियन्त्रण क्षेत्रमा स्वास्थ्यकर्मीहरु

२६ साउन, काठमाडौं । कंगोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशंका गरिएको छ ।

दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ बिरामी फेला परेको र अन्यस्थानमा पनि इबोलाको शंकास्पद बिरामीहरु भेटिएको पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दशौँ लाख मानिस बस्ने गोमा शहरमा पनि दुई शंकास्पद बिरामी भेटिएको अधिकारीहरूले जनाएका छन् ।

सन् १९७६ देखि कंगोमा इबोलाको प्रकोप अहिले दशौँ पटक देखिएको हो । पहिलो पटक कंगो नजिकै रहेको इबोला नदीमा यो रोगको पुष्टि भएको थियो ।

अहिलेको प्रकोप दक्षिण किभुको बेनी क्षेत्रमा फैलिएको छ । जुन ठाउँ युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्दछ ।

कंगोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौं मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment