Comments Add Comment

चालिस कटेसी कस्तो खानपान गर्ने ?

किशोरअवस्थालाई ‘ढुंगा पनि पचाउने’ उमेर भनिन्छ । जे खाएपनि पाचन प्रणालीले सजिलै पचाइदिन्छ । खाएको कुरा शरीरमा पोषक तत्वमा रुपान्तरण हुन्छ ।

तर, जति जति उमेर बढ्दै जान्छ, पाचन यन्त्र कमजोर र जीर्ण हुँदै जान्छ । अझ उमेरले चालिस बर्ष काटेपछि त सजग हुनैपर्छ । खाएको कुरा नपच्ने मात्र होइन, खाएको कुराले उल्टो असर देखाउन सक्छ । त्यसैले चालिस कटेसी खानपानमा खास सजगता अपनाउनुपर्छ । एकातिर यसबेला शरीरलाई थप पोषणको जरुरत हुन्छ भने, अर्कोतिर जस्तोसुकै खानेकुरा पचाउने क्षमता पनि रहँदैन । त्यस्तो अवस्थाम के गर्ने त ?

प्रशस्त मात्रामा पानी पिउने

बुढेशकाल लागेसँगै कयौ मानिसहरुको सुघ्ने तथा स्वाद लिने क्षमता हराउँदै जान्छ । कतिलाई त तिर्खा लागेको समेत महसुस नहुन सक्छ । त्यसैले, समय समयमा पानी पिउने गरौ । पानी खान मन नलागे फलफूलको जुसको सेवन गरौ । त्यो पनि नभए लो फ्याट दूध वा फ्याट रहित दूधको सेवन गरौ । यसले पनि शरीरमा पानीको मात्रा पूरा गर्न मद्दत गर्छ ।

पारिवारिक माहोलमा खाने                  

खानामा तब मिठास पैदा हुन्छ, जब सबै सँगै बसेर खाइन्छ । त्यसैले, सकेसम्म पारिवारिक माहोलमा बसेर खाने गरौ । परिवारमा कोही छैन भने साथीलाई बोलाएर खान सकिन्छ । नत्र साथीहरुसित बसेर खान सकिन्छ । त्यसबाहेक, पनि अन्य धेरै उपाय छन्, जहाँ खानालाई रमाइलो तरीकाले खान सकिन्छ ।

आवश्यक्ता अनुसार मात्र

कुनै पनि ठाउँमा जाँदा आफूलाई कति खानेकुराको आवश्यक्ता छ भन्ने कुराको हेक्का राख्ने । ताकी आवश्यक्ता भन्दा खाना खानबाट बच्न सकियोस् । बरु खाना बढी हुन्छ भने प्याक गर्ने । बढ्दो उमेरमा एक प्लेट खाना पनि दुई पटकका लागि पर्याप्त हुन सक्दछ ।

खानामा विविधता राख्ने

बढ्दो उमेर सँगै मानिसको खाने क्षमतामा समेत र्‍हास आउने गर्छ । त्यसैले कम खानेकुरा खाने व्यक्तिले एकै पटक धेरै खानेकुरा खानु भन्दा खानामा विविधता ल्याउन सक्दछन् । रंगीविरंगी तरकारीले प्लेट सजाएर पनि खानामा विविधता ल्याउन सकिन्छ ।

सामान्यतया हेर्दा आर्कषक देखिने यस्ता तरकारी कम फ्याट तथा लो क्यालोरीयुक्त हुनुका साथै फाइबरको राम्रो श्रोत हुने गर्छ । जसले खाना पचाउन मद्धत  गर्नुका साथै शरीरलाई आवश्यक पोषण प्रदान गर्छ ।

मरमसलाको प्रयोग गर्ने    

बढ्दो उमेरका कारण व्यक्तिको स्वाद समेत बद्लिने गर्छ । स्वादमात्र हैन, सुघ्ने क्षतमतामा समेत  बद्लाव आउने गर्छ । जसका कारण पहिले पहिले मिठो लागेको खानेकुरा समेत तपाईलाई मन नपर्न सक्छ । यदी आफूलाई मनपर्ने खानेकुरा नै मिठो लाग्न छोड्यो भने त्यो खानेकुरा पकाउनु वा खानुको पनि खासै औचित्य रहदैन ।  त्यसैले, खानालाई पहिलेको जस्तै स्वादिलो बनाउन मरमसलाको राम्रो प्रयोग गर्ने  ।

असुरक्षित खानाबाट बच्ने 

बद्दो उमेरमा शरीरको विशेष ख्याल गर्नु पर्छ । अन्यथा खानाका कारण उत्पन्न भएको स्वास्थ्य सम्बन्धि ससाना समस्याले पनि मानिसको ज्यान जान सक्दछ । विशेषगरी, सडेगलेको ,बासी, झिंगा भन्केको तथा दुषित खानेकुराले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ ।

त्यस्तै, खराब तेलमा पकाएको तथा असुरक्षित तरीकाले पकाएको खानेकुराले पनि स्वास्थयमा गम्भीर समस्या निम्त्याउन सक्ने हुदाँ  त्यस्ता खानेकुरा खानबाट पनि बच्नु पर्छ  । त्यसबाहेक नपाकेको, काचो खानेकुराले पनि स्वास्थ्यमा गम्भीर समस्या निम्तयाउन सक्ने हुँदा यी खानेकुरा खादाँ पनि विशेष सावधानी अपनाउनु पर्छ ।

न्युट्रिशन लेभल हेर्ने

कसनै पनि प्याकेटको खानेकुरा खरीद गर्दा त्यसमा लेखिएको लेभलमा विशेष ध्यान दिनुपर्छ । त्यसमा उल्लेख गरिएका सोडियम, पोटासियम, फाइबर, क्योलोरी लगायतका सबै न्युट्रिसन फ्याक्ट हेरेर मात्र सामान किन्नुपर्छ ।

बेला बेलामा डाक्टरसित परामर्श गर्ने

शरीरलाई चाहिने आवश्यक पोषण प्राप्त गर्ने उपर्युक्त माध्यम भनेकै खाना हो । तर कहिलेकाही खानाले पोषणको भाग पुर्ति गर्न नसक्दा खानासँगै भिटामिन, मिनरल्स लगायतका सप्लीमेन्टरी सेवन गर्नु पर्दछ । यसका लागि चिकित्सकसित उचित परामर्श जरुरी छ । अन्यथा,  ज थाभावी रुपमा लिएको यस्ता सप्लीमेन्टले शरीरमा नकारात्मक असर पार्न सक्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment