Comments Add Comment

फल्यो पाइताला जस्तै अनौठो आलु, तौल आठ किलो

आलुको गेडाको आकार कस्तो हुन्छ ? आलुको गेडाको आकार तथा तौल कस्तो कतिसम्म हुनसक्ला ?

हालै ब्राजिलमा एउटा यस्तो आलु फलेको छ, जुन सायद दुनियामा अहिलेसम्म अन्त कतै फलेको थिएन होला ।

ब्राजिलको सान्टा क्यान्तारिना प्रान्तस्थित मेलिरो सहरमा बस्ने किसान दम्पत्ति मार्ली र पाउलो सिक्विनेलले आफ्नो बारीमा अनौठो आलु फलाएका छन् । उक्त आलुको तौल ८ किलो छ भने यसको आकार ठ्याक्कै मानिसको पाइताला जस्तो छ ।

मान्छेको खुट्टाका पाइतालासँग ठ्याक्कै मिल्ने त्यो आलुमा खुट्टाका सबै औँला पनि दुरुस्तै छन् ।

आफुहरुले यस्तो आलु अहिलेसम्म नदेखेको र यो आलुलाई के गर्ने भन्ने बारेमा निर्णय गरिनसकेको किसान दम्पत्ति बताउँछन् ।

यस्तो अनौठो आलु फल्दा कताकता उनीहरुलाई डर पनि लागेको छ । यो आलु नखाने र मान्छेहरुले हेर्न चाहेमा प्रदर्शनीमा राख्ने उनीहरुको योजना छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment