Comments Add Comment

विराटनगर महानगरको कार्यालयमा बम विस्फोट, कार्यालय सहयोगी बेहोस

२७ साउन, विराटनगर । अज्ञात समूहले आइतबार दिउँसो विराटनगर महानगरपालिको कार्यालयमो वम विस्फोट गराएको छ ।

वम विष्फोटबाट महानगरपालिकाको मेयर चढ्ने गाडी महागनरपालिकाको भवन र फर्निचर क्षती पुगेको छ ।  महानगरको दोश्रो तलामा भएको विष्फोटबाट सोफा, दराज तथा झ्यालको सिसा फुटेको छ ।

विस्फोटमा परी महानगरका कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएका छन् । उनलाई उपचारका लागि कोशी अंचल अस्पताल लगिएको छ । उनी मुटुको रोगी भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान थापाले महागरपालिकाको घरनक्सा कार्यालयको पहिलो तलाबाट मेयरको कार्यकक्षमा जाने प्यासेजमा प्रेसर कुकर बम विस्फोट भएको बताए ।

विस्फोटपछि काम गरिरहेका कर्मचारी तथा सेवाग्रहिको भाग दौड मचिएको थियो । बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

महानगरपालिकाका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएकाले बमको विषयमा चाडै खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी नायव निरीक्षक थापाले भने, ‘ केही दिनमा नै घटनाकेा यथार्थ सार्बजनिक हुनेछ ।’

अहिले प्रहरीले घटना भएको क्षेत्रमा प्रवेशमा रोक लगाएको छ । प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरी घटनाको अनुसन्धान गरीरहेको छ ।
महानगरपालिकाका मेयर भीम पराजुुलीले ठूलो संख्यामा सेवाग्रहीको काम हुने महानगरपालिकामा वम विस्फोट गराउने काम निन्दनीय भएकाले यस्ले कसैलाई फाइदा नपुग्ने बताए ।

उनले महानगर जनताको कार्यालय भएकाले जनताके कार्यालयमा बम विष्फोटन गर्ने काम कसैबाट हुन नहुने बताए ।

महानगरपालिकामा केही दिनअघि नेकपा माओवादी विप्लव समूहको नाममा पत्र पठाएर आर्थिक सहयोग गर्न भनेको बुझिएको छ ।

महानगरमा बम विष्फोटन पनि विप्लव माओवादीले गराएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment