Comments Add Comment

यी युवतीको अनौठो दाबी: भूतसँगै प्रेम र सम्भोग

बेलायतमा एकजना महिला भूतसँग प्रेममा परेकी छिन् । भूतको प्रेममा उनी यति फसेकी छिन् कि भूतसँगको संसर्गबाट बच्चा जन्माउने उनको चाहना छ ।
एमथिस्ट रिल्म हो उनको नाम । आफू एउटा भूतसँग सिरियस रिलेसनशिपमा रहेको दाबी उनको छ ।

उनको प्रेमकहानी अनौठो छ । उनको जीवनमा भूतको प्रवेश हुनुअघि उनका एकजना प्रेमी थिए । उनले आफ्नो ब्वायफ्रेण्डसँग इन्गेजमेन्ट पनि गरिसकेकी थिइन् । बिहे पनि छिट्टै गर्ने योजना थियो । उनको ब्वायफ्रेण्ड कामका कारण प्रायः बाहिरै बस्दथे । यहीँ क्रममा रिल्मको जीवनमा भूतको प्रवेश भयो, नयाँ प्रेमीको रुपमा । भूतसँग यौनसम्पर्क गर्नकै लागि उनले आफ्नो प्रेमीलाई पनि छाडिदिएकी थिइन् ।

३० वर्षकी रिल्मको दाबीलाई मान्ने हो भने पछिल्लो ११ वर्षयता उनी अनेक खालका कम्तिमा २० वटा भूतहरुको सम्पर्कमा छिन् । आफूलाई मान्छेसँग भन्दा भूतसँग समय बिताउन मन पर्ने उनी बताउँछिन् ।

६ महिनाअघि उनले अष्ट्रेलिया भ्रमणका क्रममा एउटा नयाँ भूत भेट्टाइन् । त्यो भूतसँग उनको गहिरो प्रेम बस्यो । उनी आफ्नो भूतप्रेमीस्ँग निकै खुसी छिन् ।

आफूले आफ्नो भूतप्रेमीलाई देख्न नसक्ने तर महसूस गर्न र यौनसम्पर्क गर्न भने सक्ने उनको दाबी छ । भूतप्रेमीसँग प्रेम बसेपछि उनले उक्त प्रेमीलाई आफूसँगै बेलायत लिएर आएकी छिन् अरे ।

अहिलेसम्म आफूले २० जना भूतसँग यौनसम्पर्क गरिसकेको दाबी उनको छ । भूतसँगको सम्भोग वास्तविक मान्छेसँगको सम्भोगभन्दा आनन्ददायी हुने भन्दै उनले अब भूतबच्चा जन्माउन चाहेको बताएकी छिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment