Comments Add Comment

अमेरिकामा चोरेर उडाइयो पार्किङमा रहेको हवाइजहाज

तपाइँ हामीले साइकल, मोटरसाइकल चोरी भएको देखे भोगेका छौँ । तर, अमेरिकामा भने पार्किङ गरिराखेको हवाइजहाज नै चोरी भएको छ । विमानस्थलभित्रै पार्क गरिराखेको हवाईजहाज एकजना चोरले चोरेर उडाएर लगेको हो ।

समाचार अनुसार अमेरिकाको सिएटल विमानस्थलमा पार्क गरेको यात्रु विमान चोरी भएको हो ।

एकजना एयरलाइन्सका कर्मचारीले गत हप्ता शुक्रबार अनधिकृत रुपमा उक्त विमानभित्र प्रवेश गरी त्यसलाई उडाएर लगे । २९ वर्षका ती व्यक्तिको नाम खुलाइएको छैन ।

होरिजन एयरको क्यू ४०० नामक उक्त विमानलाई चोरी गरी उडाइएपछि दुई लडाकु विमानले त्यसलाई पछ्याएका थिए । विमानलाई विमानस्थलमै सुरक्षित अवतरण गराउने कोसिस गरिएको थियो । तर, विमान चोर थामिने वाला थिएनन् । उनले निकै खतरनाक तरिकाले विमान उडाइरहेका थिए ।

अन्ततः नजिकैको केट्रोन टापुस्थित सैन्य इलाकाको नजिकै उक्त विमान दुर्घटना भएको छ ।

७८ सिट भएको उक्त जहाज दुर्घटना भएसँगै त्यसलाई चोरेर लैजाने व्यक्तिको पनि मृत्यु भएको बताइएको छ । तर, यसबारेमा आधिकारिक पुष्टि भएको छैन । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment