Comments Add Comment

पूँजी बजारको लगानी डुब्छ भनेर आत्तिनु पर्दैनः गभर्नर


२७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले पुँजी बजारमा गरेको लगानी कहिल्यै नडुब्ने बताएका छन् ।

नेपाल पूँजी बजार लगानीकर्ता संघले आइतबार राजधानीमा आयोजना गरेको ‘पूँजी बजारमा नियामक निकायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर नेपालले पूँजी बजारको लगानी कहिल्यै नडुब्ने बताएका हुन् ।

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको भन्दै घट्यो भनेर आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको गभर्नर नेपालले बताए । पूँजी बजार भनेको आर्थिक विकासको आधार भएको भन्दै उनले पुँजी बजारलाई जुवाघरको रुपमा नहेर्न समेत आग्रह गरे ।

‘छरिएको पूँजीलाई एक ठाउँमा ल्याएर परिचालन गरिने भएकाले पनि यो क्षेत्रलाई आर्थिक विकासको आधारको रुपमा लिइन्छ’ गभर्नर नेपालले भने, ‘नीतिगत विषयलाई सुधार गर्दै लाने हो भने पूँजी बजारले मुलुकको अर्थतन्त्रलाई राम्रो फाइदा पुग्नेछ ।’

पूँजी बजारमा छिर्ने वित्तिकै नाफा भइहाल्छ भन्ने सोच्नु चाहिँ गलत भएको उनले बताए । बिना अध्ययन गरेको लगानी घाटा हुनसक्ने भन्दै अध्ययन गरेरमात्रै यो क्षेत्रमा लगानी गर्नुपर्ने गभर्नर नेपालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment