Comments Add Comment

कर्तव्य ज्यान मुद्दाका कैदी कारागारबाटै फरार

२७ साउन, काठमाडौं । जिल्ला कारागार, झापाबाट एक जना कैदी दिउँसै फरार भएका छन् ।

भद्रपुर–९, चन्द्रगढीस्थित जिल्ला कारागारमा कर्तव्य ज्यान र चोरी मुद्दामा जेल सजाय भोगिरहेका गौरादह –८ का २५ वर्षीय उमेश माझी फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी भीम ढकालले माझी कारागारबाट फरार भएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए ।

उनी कसरी भागे भन्ने विषयमा छानबिन भइरहेको ढकालको भनाइ छ । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘हामीले सूचना प्राप्त भए लगत्तै अनुसन्धान थालेका छौं । अहिले कारागार प्रशासनसँग सोधपुछ गर्ने काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment