Comments Add Comment

कम खर्चमा कसरी पहिलो डेटलाई रोमान्टिक बनाउने ?

भर्खरै यौवनकालमा प्रवेश गर्नुभएको होला । कसैसँग भावनात्मक रुपले नजिकिनु भएको होला । नयाँ प्रेमी वा प्रेमिका बनाउनु भएको होला । प्रेमी/प्रेमिकाले कतै एकान्तमा गएर मनको कुरा खोल्ने सोंच होला । उसको सामिप्यमा रमाउने रहर होला । पहिलो डेटको अनुभव लिने योजना होला ।

तर, यो उमेरमा आफ्नो कमाई नहुन सक्छ । बजेटको अभाव हुनसक्छ । एकातिर पैसा पर्याप्त नहोला । अर्कोतिर पहिलो डेटलाई रोमाञ्चक बनाउने मुड पनि होला । अब के गर्ने त ?

कम खर्चमा रोमान्टिक डेट

आफूले मनपराएको वा माया गरेको मान्छे कस्तो होलान् भन्ने कौतुहलता सबैलाई हुन्छ । पहिलो डेटले एकअर्कालाई बुझ्न सहयोग गर्ने मात्रै होइन सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने कुराको पनि निर्धारण गर्छ ।

अहिलेका युवायुवतीहरुको लागि डेटमा जानु सामान्य कुरा भएको छ । एकअर्कासँग परिचय र कुराकानी भएको केही दिनमै उनीहरु डेटमा जान तयार हुन्छन् । तर, डेटमा जान कहिल्यै पनि हतार गर्नुहुँदैन ।

सिनेमा लगायत अन्य विभिन्न माध्यमबाट नेपाली युवायुवतीमा पश्चिमी सँस्कृतिको प्रभाव धेरै परेको छ । प्रेम र यौनको मामिलामा आजभोलीका नेपाली युवायुवती धेरै खुल्ला भइसकेका छन् । उनीहरु डेटिङलाई गम्भिर रुपमा लिँदैनन् ।

युवायुवतीहरुमा डेटिङ सामान्य कुरा भएको उनीहरुलाई यसमा कुनै पनि समस्या छैन । हुन त कुनै व्यक्तिलाई कहिले पनि प्रेम हुन सक्छ । जब एक युवक र युवती एक अर्कालाई राम्रोसँग चिन्छन् त्यसपछि मात्रै डेटिङको कुरा आउँछ ।

यसैले सबै प्रेमीप्रेमीकाले आफ्नो पहिलो डेट रोमाञ्चक होस् र आफ्नो प्रेमी वा प्रेमीकालाई राम्रो प्रभाव पार्न सकियोस भन्ने चाहन्छन् ।

सुरुवाती समयमा एक अर्कालाई बुझ्न र माया साटासाट गर्न डेटले धेरै महत्व राख्छ । प्रेम सम्बन्धलाई सुमधुर बनाउन र लामोसमयसम्म टिकाउन पहिलो डेटले धेरै सहयोग गर्छ ।

यस्तोमा कैयौं युवायुवतीहरु यस्ता हुन्छन् उनीहरु पैसाको कमी भएको कारण कि त आफ्नो डेट क्यान्सिल गरिदिन्छन् या आफ्नो पार्टनरलाई पहिले नै यसबारेमा भनेर आफ्नो चार्म खतम गरिदिन्छन् ।

त्यसैले आज हामी तपाईलाई थोरै बजेटमा कसरी डेटलाई भरपूर रमाइलो बनाउने भनेर केही टिप्स दिन गइरहेका छौं । आउनुहोस् जानीराखौं यी टिप्सः

१. गेट टुगेदर

साथीहरुसँग मिलेर आफ्नो घरमा वा साथीहरुको घरमा एक सानो गेटटुगेदर गरेर आफ्नी प्रेमीकालाई सरप्राइज दिन सकिन्छ । यसै मौकामा पार्टनरलाई तपाईको अझै नजिक आउने र तपाईलाई चिन्ने मौका मिल्छ ।

तपाई आफ्नी प्रेमीकासँग आत्मिय पल चाहनु हुन्छ भने घरमै पनि स्वादिस्ट खाना बनाएर क्यान्डल लाइट डिनर गर्न पनि सक्नुहुन्छ । यसले पैसा त बचाउँछ नै प्रेमीका पनि खुसी हुन्छिन् ।

२. रोमान्टिक ठाँउ छान्नुहोस्

तपाईं आफ्नो पहिलो डेटमा रोमाञ्चकता भर्नको लागि प्रकृतिको नजिक जान सक्नुहुन्छ । कुनै तालमा बोटिङको लागि जानसक्नुहुन्छ, पार्कमा घुम्न जानसक्नुहुन्छ ।

प्रकृतिको नजिक यस्तो स्थान छान्नुहोस् जहाँ तपाई रोमाञ्चकताको फाइदा उठाउन सक्नुहुन्छ साथै आफ्नो डेटिङलाई पनि सफल बनाउन सक्नुहुन्छ । यसको लागि तपाईंलाई धेरै पैसाको आवश्यकता पनि पर्दैन ।

३. जहाँ पनि रमाउन सकिन्छ

डेटिङलाई देखाउनको लागि वा बनावटी रुपमा नलिनुहोस् । बरु आफ्नो पार्टनरलाई तपाई प्राकृतिक रहन मनपराउनुहुन्छ र उनीहरुसँग केही समय बिताउनको लागि कुनै पनि स्थान प्रफेक्ट हुन्छ भनेर सम्झाउन सक्नुहुन्छ । डेटको लागि महंगा मलहरु, मल्टिप्लेक्स वा रेष्टुरेन्ट नै जानुपर्छ भन्ने छैन् ।

४. राम्रो र सकारात्मक कुराहरु गर्नुहोस्

पहिलो डेटमा तपाइर्ं कुनै महंगो रेष्टुरेन्टमा जानै पर्छ भन्ने छैन् । डेटिङको लागि तपाई कुनै सस्तो ढावामा वा सस्तो रेष्टुरेन्टमा पनि कफी वा चियाको मजा लिन सक्नुहुन्छ ।

ध्यान राख्नुहोस् डेटमा बीचमा तपाईंले आफ्नो पार्टनरलाई प्रेम भरिएको मिठो मिठो कुराहरु र सकारात्मक कुराहरु गर्नुपर्छ । यसले तपाईंको पार्टनर पनि खुसी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment