Comments Add Comment

किन आउँछ अमिलो डकार ? यस्तो छ कारण

खाना खाएपछि मानिसहरुलाई अक्सर डकार आउने गर्दछ ।  डकार लिनाले पेटमा जम्मा भएको हावा बाहिर निस्कने गर्दछ । यस्तो डकार सामान्य हुदाँसम्म हामीलाई खासै समस्या हुँदैन । तर जब पेटबाट अमिलो डकार निस्किएमा भने धेरैलाई तनाव हुने गर्छ । आखिर किन आउँछ अमिलो डकार ?

चिकित्सकहरुका अनुसार ग्याष्ट्रिकको समस्या भएमा पनि अमिलो डकार निस्कने गर्दछ । जुन प्राय खाना खानु अघि वा खाना खाएपछि निस्कने गर्दछ । अपचका कारण पनि धेरैलाई अमिलो डकार आउने गर्दछ । विशेषगरी चिल्लो, पिरो वा अमिलो खानेकुरा, चिसो पेय पदार्थको अधिक सेवन तथा मदिराको सेवनका कारण पनि यो समस्या हुने गर्छ ।  यो समस्या भएमा पेट फुल्ने, पेट दुख्ने, घाँटी तथा पेटमा जलन वा उल्टी हुने गर्दछ ।

यस्तो  समस्या प्राय ग्याष्ट्रिकका कारणले हुने हुदाँ मानिसहरु अक्सर घरेलु औषधीको प्रयोगद्धारा नै यसकेा उपचार गर्दछन् । साथै, भोक लागे अनुसार उचित मात्रामा खानाको सेवन गरे, चिल्लो पिरो तथा अमिलो खानेकुरा खानबाट जोगिएर तथा कैफिन तथा मदिरापान नगरेर पनि यो समस्याबाट जोगिन सकिन्छ । साथै, सक्रिय जीवनशैली अपनाएर पनि यो समस्याबाट बच्न सकिन्छ ।

अमिलो डकार आउनुका लक्षण

अमिलो पानी वा डकार आउनु आफैमा अपच, ग्याष्ट्रिक वा पेटसित सम्बन्धि रोगहरुको संकेत हो । यसको लक्षण सबैभन्दा पहिले शरीरको माथिल्लो पाचन तन्त्रमा देखिने गर्दछ । जुन यसप्रकार छ:

पेट दुख्ने

पेट गडगडाउने/कराउने

पेटको अल्सर

कब्जियत

वाकवाकी लाग्ने

छाती पोल्ने

अमिलो पानी आउने

सामान्यतया अमिलो पानी सिर्फ खानाकै कारण मात्र पनि आउँदैन । तनाव , अनियमित व्यायाम तथा अन्य पुराना रोगका कारण पनि मुखबाट अमिलो पानी आउने गर्छ  ।

कतिबेला देखाउने चिकित्सकलाई ?

अमिलो पानीलाई जटिल समस्या नभएका कारण यस्तो समस्या हुँदैमा चिकित्सकका गईहाल्नु पर्दैन । यद्यपी, धेरै अमिलो पानी आएमा वा अमिलो डकार आएमा भने चिकित्सकसित परार्मश गर्न जरुरी छ ।

किन आउँछ अमिलो डकार ?

अमिलो डकार विभिन्न कारणले आउने गर्छ । जसमध्यको एक खानालाई पनि मानिन्छ । विशेषगरी खाना पच्ने क्रममा शरीरको ग्यासको विकास हुदाँ पनि धेरैलाई अमिलो डकारको समस्या हुने गर्छ । त्यस्तै, प्रोटिनयुक्त आहार तथा मदिराको सेवनका कारण पनि धेरैलाई अमिलो डकारको समस्या हुने गर्दछ ।

त्यस्तै, कतिपयलाई इरिटेबल बाउल सिन्ड्रोम , पेटको एसिड भोजन नलीमा आएमा तथा पाचन प्रकि्रया सम्बन्धि समस्या भएमा पनि अमिलो डकार आउने गर्दछ ।

धेरै खाना

आवश्यक्ता भन्दा बढी मात्रामा भोजन गर्नाले पनि धेरैलाई अमिलो डकार आउने गर्दछ । मदिरा, कैफिन तथा चिसो पेय पदार्थ लगायतका कारण पनि अमिलो डकार आउने गर्दछ । त्यसबाहेक, नाकको सट्टा मुखबाट सास लिने तथा खाना खाने समयमा धेरै बोल्ने मानिसमा पनि अमिलो डकार वा अमिलो पानी आउने समस्या हुने गर्दछ ।

मोटोपना

विभिन्न समस्याका मोटोपना भएका मानिसमा यो समस्या आउने गर्दछ । विशेषगरी, मोटो मानिसहरुमा  बाटुलो शरीरका कारण पेटमा अधिक वल पर्न गर्छ ।जसका कारण पेटको एसिड अन्न नलीमा पुग्ने गर्छ । त्यसबोहक, अनियमित व्यायाम तथा गलत खानपानका कारण पनि यो समस्या हुने गर्छ ।

 गर्भावस्था

गर्भावस्थाका दौरान धेरैलाई अमिलो पानी वा अमिलो डकार आउने समस्या हुने गर्छ । विशेषगरी,  पेटमा रहेको गर्भको आकार बढ्दै गएम पेटमा वल पर्ने गर्छ । र, यस दौरान बन्ने वाला हर्मोन अन्ननलीको मुन्तिरको भागमा पुगेर यसले असर देखाउने गर्दछ । त्यसबाहेsm गर्भावस्थामा हुने रक्तअल्पत्राका कारण सास फुल्ने तथा अत्याधिक थकान महसुस हुने गर्दछ । जसका कारण गर्भवती महिलाहरुले मुखबाट सास लिने गर्दछन् । र, सोही क्रममा हावा पेटमा पसेर अमिलो डकारको समस्या निम्त्याउने गर्दछ ।

त्यसबाहेक, अन्य कारणहरुले गर्दा पनि अमिलो डकार आउने गर्छ । जुन यस प्रकार छ:

-केही औषधी

-तनाव

-भोकै बस्ने

-अत्याधिक चिन्ता

-अनियमित व्यायाम

-आवश्यकता भन्दा बढी मात्रामा खाना

-छिटो छिटो खाने बानी

-गलत समयको भोजन

-खाना र्खा लगत्तै सुत्ने बानी

-चिल्लो, पिरो खानेकुराको सेवन

-फुड प्वाइजनिङ्ग

-मदिराको सेवन

कसरी बच्ने ?

-धुमपान नगर्ने

-छिटो छिटो नखाने

-सुत्नु केही घण्टा अगाडाी खानाको सेवन

-डकार आउनु पूर्व  पेटमा हावा निस्कनु

-पेय पदार्थको सेवन गर्दा पाइपको प्रयोग गर्नु

-चुइगमको प्रयोग कम गर्ने

-तारेको वा भुटेको खानेकुरा नखाने

-प्रशस्त मात्रामा पानीको सेवन गर्ने

-सक्रिय जीवनशैली अपनाउने

-सुत्नु ३-४ घण्टा अघिबाट केही नखाने

अमिलो डकार आएमा हुन सक्ने समस्या ?

अमिलो डकार आउने समस्या समयमै ठीक नभएमा यी समस्या उत्पन्न हुन सक्दछ ।

-भोजन नलीमा घाउ भएन नयाँ डिस्यू पलाउने

-अन्न नलीमा घाउ वा जलन पैदा हुने

-अन्ननलीमा रक्तश्राव हुने

-घाँटी तथा आवाजमा समस्या आउने

-दाँत विग्रने , झर्ने

-सास लिनमा समस्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment