Comments Add Comment

रणवीर सिंहका कारण यो फिल्म छाडे रणवीर कपुरले

बलिउड निर्देशक करण जौहरले हालै मल्टिस्टारर फिल्म ‘मुल्क’ को घोषणा गरे । यो फिल्ममा रणवीर सिंहदेखि जान्भी कपुरसम्म थुप्रै स्टारहरु छन् ।

त्यसो त यो फिल्ममा निर्देशन जौहरले रणवीर कपुरलाई पनि अटाउन खोजेका रहेछन् । जौहरले उनलाई फिल्मका लागि अफर गरेको खुलासा भएको छ । रणबीर कपुर सुरुमा सकारात्मक भए पनि पछि इन्कार गरिदिएका थिए ।

ऐतिहासिक विषयवस्तुमा बन्ने यो फिल्ममा रणवीर सिंहको दाजुको भूमिकाका निम्ति रणवीर कपुरलाई अफर गरिएको थियो । स्क्रिप्ट पढेर यो फिल्म गर्न तयार भए पनि जब सिंह फिल्ममा जोडिए, कपुर पछि हटे । सिंह र कपुरबीच पहिलेदेखि नै चिसो सम्बन्ध रहिआएको छ ।

रणवीरले पन्छाएको रोलमा विक्की कौशललाई अनुवन्धित गरिएको छ । फिल्ममा करिना कपुर, आलिया भट्ट, भूमि पड्नाकर र अनिल कपुरसमेत छन् । रणवीर सिंह र करिना कपुरले एकसाथ खेलेको यो पहिलो फिल्म हुनेछ भने करण जौहरले ऐतिहासिक फिल्म निर्देशन गरेको पनि यो पहिलोपटक हुनेछ ।

रणवीर कपुरको कुरा गर्दा ‘सञ्जु’ को सफलतापछि उनी निकै चर्चामा छन् । थुप्रै निर्माता-निर्देशकहरु उनको पछि लागिरहेको बेला उनले भने छानेर मात्रै फिल्म गरिरहेका छन् । हाल उनी ‘ब्रम्हास्त्र’ मा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment