Comments Add Comment

सिरियाको हतियार भण्डारमा विस्फोट, ३९ सर्वसाधारणको मृत्यु

२८ साउन, काठमाडौं । सिरियाको एक हतियार भण्डारण केन्द्रमा विस्फोट हुँदा ३९ जनाको ज्यान गएको छ । उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा भएको विस्फोटमा १२ बालबालिका सहित ३९ को ज्यान गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले हतियार तस्करले हतियार भण्डारण गर्दै आइरहेको भवनमा विस्फोट भएको जनाएका छन् ।  भवनमा सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भएर आएकाहरु बस्दै आइरहेको बताइएको छ ।

बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको छ । फसेकाहरुको उद्धार तथा खोजी कार्य भइरहेको बीबीसीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment