Comments Add Comment

प्रियंकाको आयुष्मानलाई पत्रः ‘म तिमीसँगै सपना देख्नेछु, प्रोत्साहन गर्नेछु’


नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले शनिबार बेलुकी काठमाण्डौको द्धारिका होटलमा औठी साटे । चलचित्रकर्मी र आफन्तलाई बोलाएर उनीहरुले पार्टी मात्र दिएनन्, जिन्दगीमा सधै साथ दिने बाचा गरे । द्धारिकामा गरिएको यो पार्टीमा सिमित चलचित्रकर्मी मात्र उपस्थित थिए ।

औठी साटेपछि नायिका कार्कीले आयुष्मानको नाममा भावूक पत्र लेखेकी छिन् । उनले सामाजिक संजाल इन्टाग्राममा लेखेकी छिन्-‘म तिमीसँग बाचा गर्न सक्दिन कि काला बादलहरुले हाम्रो जीवनलाई कहिल्यै ढाक्ने छैनन् वा भविष्यले हाम्रा लागि कैयौ इन्द्रेणीहरु ल्याउनेछ । म तिमीसँग बाचा गर्न सक्दिनँ कि भोलीको दिन सुखमय हुनेछ वा जीवन सहज हुनेछ । यद्यपी म के वाचा गर्न सक्छु भने मेरो अस्तित्वको हरेक अंश, मेरो आस्था, सम्मान र मेरो निशर्त प्रेम तिम्रो बाँकी जीवनका लागि हुनेछ ।’

नायिका कार्कीले अगाडि लेखेकी छिन्-‘म बाचा गर्न सक्दिनँ कि म सधै तिम्रो साथमा हुनेछु । तिम्रो कुरा सुन्न, तिम्रो हात थाम्न, तिमीलाई मायाको अनुभुती गराउन । तर, म बाचा गर्न सक्छु कि हरेक संकटमा तिमीसँगै हुनेछु र हामी यसको समाधान निकाल्नेछौ । म तिमीसँग सपना देख्नेछु । सधैभरी तिमीलाई प्रोत्साहन गर्नेछु । राम्रो र खराब समय तिम्रो सबैभन्दा बलियो पिल्लर बन्नेछु ।’  प्रियंकाले ‘म बाचा गर्न सक्छु कि म तिम्रो संरक्षक, सल्लाहाकार, बेष्ट फ्रेन्ड, परिवार र तिम्रो सबै कुरा बन्नेछु’ भन्दै आयुष्मानप्रति अथाहा प्रेम दर्शाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment