Comments Add Comment

आईसीसीको नयाँ एकदिवसीय वरियतामा नेपाली खेलाडी पनि समावेश

टिम समावेश हुन अझै दुई खेल बाँकी

२८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बनाएको नयाँ एकदिवसीय वरियतामा नेपाली खेलाडी पनि समावेश भएका छन् ।

वरियतामा बलिङमा सन्दीप लामिछाने साथै ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल समावेश भएका छन् । बलिङमा सन्दीप २१७ औं स्थानमा छन् । ब्याटिङमा सोमपाल २२९ औँ र ज्ञानेन्द्र २३६ औं स्थानमा समावेश छन् ।

नेदरल्याण्ड्ससँगको एकदिवसीयका आधारमा नेपाली खेलाडीहरुलाई वरियतामा समावेश गरिएको आईसीसीले जनाएको छ ।

नेदरल्याण्ड्ससँग दुईवटा मात्रै एकदिवसीय खेल खेलेको नेपाल टिम वरियता अब दुई खेलपछि मात्रै समावेश हुने भएपनि खेलाडीलाई अहिले नै वरियतामा समावेश गरिएको हो ।

केही दिनअघि आएको टी ट्वान्टी वरियतामा पनि ब्याटिङमा नेपालका पारस खड्का र शरद भेषावकर साथै बलिङमा बसन्त रेग्मी र सोमपाल कामी समावेश भएका थिए ।

ब्याटिङमा पारस ८९ औं स्थानमा र शरद ९८ औं स्थानमा थिए । साथै बलिङमा बसन्त ७१ औं र सोमपाल ९२ औं स्थानमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment