Comments Add Comment

टेलिसिरियल ‘कसौटी जिन्दगीकी’ मा शाहरुख खान ?


भारतीय टेलिभिजनमा मेगा टेलिसिरियल ‘कसौटी जिन्दगीकी’ एउटा ट्रेन्डसेटर थियो । गृहणी महिलाहरुमाझ अत्यधिक लोकप्रिय बनेको थियो यो सिरियल । यसको सफलतापछि भारतीय टिभीहरुमा पारिवारिक टेलिश्रृंखलाको बाढी नै आयो ।

निर्मात्री एकता कपुर अहिले ‘कसौटी जिन्दगीकी २’ को निर्माणमा जुटेकी छन् । यसको सुटिङ पनि सुरु भइसकेको छ । एकता चाहन्छिन् पहिलेकै जस्तो ह्वीम यसले पनि ल्याओस । सिरियललाई सुरुमै चर्चित बनाउन उनी अनेक उपायहरुको खोजी गरिरहेकाी छिन् ।

यसै सिलसिलामा एकताले यस सिरियलमा बलिउड सुपरस्टार शाहरुख खानलाई इन्ट्री गराउन सफल भएकी छन् । समाचारअनुसार सिरियलको सूत्रधारको रुपमा शाहरुखले अभिनय गर्नेछन् । उनले सिरियलका पात्रहरु दर्शकलाई चिनाउनेछन् । उनलाई अघिल्ला तीन एपिसोडमा देख्न सकिनेछ । शाहरुखले ३० वर्षपछि कुनै टिभी सिरियलमा खेल्न लागेका हुन् ।

‘कसौटी जिन्दगीकी’ मा प्रमुख तीन पात्र थिए । प्रेरणा, अनुराग बशु र मिस्टर बजाज । यसपाली तीनवटै भूमिकामा नयाँ कलाकारहरु लिइएको छ । प्रेरणाको भूमिकामा एरिका फर्नान्डिसले अभिनय गर्दैछिन् भने अनुरागको भूमिकामा पार्थ समथान कन्र्फम भएका छन् । यो टेलिसिरियल कहिलेबाट प्रशारण सुरु हुन्छ भन्ने निधो भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment