Comments Add Comment

१७ ग्राफिक्समा ओली सरकारको ५ महिने काम 

रेलको फोटो टाँसेर ७४ पृष्ठको किताब सार्वजनिक

२८ साउन, काठमाडौं । केपी ओली सरकारले आफ्नो पाँच महिने अवधिमा उल्लेख्य काम गर्न नसकेको गुनासो आइरहेका बेला सोमबार सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक गरेको छ । ‘वर्तमान सरकारका ५ महिना’ शीर्षकमा प्रकाशित पुस्तिकामा सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको फेहरिस्त दिइएको छ ।

सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा कुनै भूमिका लेखिएको छैन । कुनै कामहरु गर्न नसकिएको वा किन हुन सकेन भन्नेबारेमा जनगुनासाहरुमाथि कुनै टिप्पणी नगरी के के कामहरु भए भन्ने विवरणमात्रै प्रस्तुत गरिएको छ ।

सरकारको ५ महिने प्रगति समेटिएको पुस्तकमा बुलेट रेलको तस्वीरसमेत देख्न पाइन्छ । तर, विवरणमा सरकारका कमजाेरीबारे चर्चा छैन

मन्त्रालयगत कामहरुको विवरण दिइसकेपछि सरकारको ५ वर्षे मार्गचित्रसम्बन्धी केही ग्राफिक्सहरु दिइएको छ । विवरणको अन्त्यमा ‘संक्षेपमा बजेट शीर्षकमा आमेली सरकारले ल्याएको बजेटबारे ग्राफिक्ससहितको जानकारी गराइएको छ ।

ओली सरकारको पाँच महिने प्रगति विवरण समेटिएको पुस्तकमा अत्याधुनिक बुलेट रेलको तस्वीरसमेत देख्न पाइन्छ । रंगीन तस्वीर र ग्राफिक्सहरुले झकीझकाउ सरकारी कामको विवरणमा उल्लेख गरिएका १७ वटा ग्राफिक्स एवं बुलेटहरु हामीले यहाँ पाठकहरुको जानकारीका लागि प्रस्तुत गरेका छौं ।

१. सुशासनका लागि मानक थालनीः ओली सरकारले आफ्नो पहिलो कामका रुपमा सुशासनका लागि मानकको थालनी भएको दाबी गरेको छ । यस क्रममा यातायातको सिन्डिकेट अन्त्य गरेको, सुन तस्करी नियन्त्रण गरेको, विकासको ढीलासुस्ती हटाएको, औचित्यहीन भ्रमण रोकेको र सार्वजनिक खर्चमा मितव्ययिता अपनाइएको लगायतका दाबीहरु प्रस्तुत गरिएका छन् ।

२. हवाई सेवा र पर्यटन पूर्वाधारमा उल्लेखनीय परिवर्तनः सरकारले आफ्नो दोस्रो उपलब्धीका रुपमा हवाई क्षेत्र र पर्यटनमा ‘उल्लेखनीय परिवर्तन’ भएको दाबी गरेको छ । यसअन्तरगत विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याएको, वाइडबढी विमान किनेको लगायतका विवरण समेटिएका छन् ।

३. नेपालका आवश्यकता र प्राथमिकतामा आधारित विदेश सम्बन्धः ओली सरकारले भारत र चीन भ्रमणबाट भएको उपलब्धीलाई तेस्रो बुँदामा समेटेको छ । सरकारले भनेको छ- ‘प्रधानमन्त्रीको दुई छिमेकी मित्रराष्ट्रहरु भारत र चीनको भ्रमणबाट छिमेक-सम्बन्ध नयाँ उचाईमा पुगेको छ । हाम्रो आफ्नै प्राथमिकता, पारस्परिक सम्मान र लाभमा आधारित विदेश सम्बन्धको अध्याय सुरु भएको छ ।’

४. अर्थ प्रशासनमा सुधार, राज्यकोषलाई उल्लेख्य लाभः कर बढाएको आरोप खेपिरहेको सरकारले अर्थ प्रशासनमा सुधार आएको र राज्यकोषलाई उल्लेख्य लाभ प्राप्त भएको दाबी गरेको छ । यस अन्तरगत लक्षभन्दा बढी राजस्व संकलन भएको र भन्सार भन्सार प्रणालीमा सुधार आएको सरकारी विवरणमा उल्लेख छ । विकास खर्चमा पनि उत्साहजनक वृद्धि भएको बताइएको छ ।

५. सडक रेल पूर्वाधार निर्माण तीव्र गतिमा कामः सरकारले सार्वजनिक गरेको आफ्नो पाँच महिने उपलब्धीसम्बन्धी पुस्तिकामा तीव्रगतिमा चल्ने विदेशी रेलको तस्वीरसहितको ग्राफिक्स राखिएको छ ।रेल ल्याउने विषयमा भएको प्रगतिबारे भनिएको छ-‘सिमरा बर्दिबास (१०८ कि.मि.) रेलमार्ग निर्माणको बर्दिबास लालबन्दी खण्डको ३० कि.मि. क्षेत्रमा ट्र्याक बेड निर्माण ८० प्रतिशत सकिएको छ । सन् २०१८ भित्र जयनगर -जनकपुर (कुर्था) ३५ कि.मि. रेलमार्ग सञ्चालन गर्ने लक्ष्यसहित जयनगर देखि बिजलपुर सम्म ५२ कि.मि. खण्डमा रेलमार्ग निर्माण कार्य अघि बढेको छ ।’

६. पूर्वाधार विकासमा छोटो समयमा नतिजाः यो शीर्षक अन्तरगत सरकारी प्रगति विवरणमा केही कामहरु भएको बुलेटमा उल्लेख गरिएको छ । भन्सार जाँच चौकी, पुल, सिंचाई आदि क्षेत्रमा भएका प्रगतिहरुलाई बुलेटमा देखाइएको छ ।

७. उर्जामा अत्मनिर्भरता, राष्ट्रिय आयको दीर्घकालीन साधनः यस शीर्षक अन्तरगत सिंहदरबारमा घामबाटछ बिजुली निकालेको देखि निजी परियोजनाबाट २८ मेगावाट विद्युत थपिएको सम्मका विवरणहरु समेटिएका छन् ।

८. शिक्षा क्षेत्रमा दूरगामी महत्वका तीन कामः शिक्षामा महत्वपूर्ण कामहरु भएको विवरणसहितको बुलेट पुस्तिकामा समेटिएको छ । विद्यालय भर्ना, समयमै पाठ्यपुस्तक पुगेको अनि शिक्षा आयोग गठन लगाउतका विषयलाई उपलब्धिका रुपमा समेटिएका छन् ।

९. सुरक्षाको क्षेत्रमा महत्वपूर्ण पाँच कामः सरकारले सार्वजनिक गरेको ५ महिने प्रगति विवरणमा प्राकृतिक प्रकोप नियन्त्रणसम्बन्धी विवरणहरु समेटिएका छन् ।

१०. पुनर्निर्माणमा नतिजामुखी कामः सरकारले भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण कामहरु भएको दाबी गरेको छ । यसमा विद्यालय, ब्यारेक र निजी घरहअरु कति बने भन्ने विवरण प्रस्तुत गरिएको छ ।

११. कृषिको व्यवसायीकरणः सरकारले कृषिको व्यवसायीकरणमा केही उपलब्धिहरु हासिल गरेको बताएको छ । दूधको उत्पादन र बजारीकरण, कृषिलाई उद्यागमा बदल्ने प्रक्रियाको थालनी र अदुवा निर्यातमा सहजताबारे चर्चा गरिएको छ ।

१२. सामाजिक सुरक्षामा नयाँ थालनीः सरकारले सामाजिक सुरक्षामा नयाँ थालनी भएको भन्दै विदेशमा अलपत्र श्रमिकको उद्धार गरिएको, श्रमिकको पारिश्रमिक वृद्धि गरेको र पत्रकारको वृत्तिकोष स्थापना गरेको जनाएको छ ।

१३. प्रशासनमा शीघ्र र सहज सेवाको प्रवन्धः सरकारले सार्वजनिक सेवामा भोग्नु परेको कठिनाइ हल गर्न नसकेको र कर्मचारीले घुस मागेर दुःख दिने गरेको बताइरहेका बेला सरकारले भने प्रशासनमा शीघ्र र सहज सेवाको प्रवन्ध गरेको दाबी गरेको छ । यसमा वैदेशिक रोजगारी एवं स्थानीय तहको कानूनबारे चर्चा गरिएको छ ।

१४. सरकारले आफ्को कार्यकालको पाँच महिनामा नमूना शहर र एकीकृत वस्ती निर्माणको आधार तयार पारेको दाबी गरेको छ । सातै प्रदेशमा एक-एकवटा घनाबस्ती छनोट गरिएको सरकारले जनाएको छ ।

१५. स्वास्थ्य क्षेत्रमा उपलब्धिका रुपमा सरकारले औषधिको मूल्य निर्धारणलाई महत्व दिएको छ । मुटुरोग सम्बन्धी सेवा विस्तार एवं स्वास्थ्य विमालाई सरकारले यसअवधिमा भएको उपलब्धिका रुपमा चर्चा गरेको छ ।

१६. सरकारले आफ्नो पुस्तिकामा ‘उद्योगमा सफलताः फलाम खानी अन्वेषण’ शीर्षक दिएर ८५० किलो फलामजन्य पदार्थ परीक्षणका लागि चीन पठाएको उल्लेख गरेको छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माणसम्बन्धी प्रतिवेदन तयार भएको सरकारले जनाएको छ ।

१७. खेलकुद क्षेत्रअन्तरगत अन्तरराष्ट्रिय र प्रदेशस्तरीय रंगशाला निर्माणको तयारीस्वरुप जग्गाको पहिचान गरिएको सरकारी विवरणमा उल्लेख छ ।

१८. सरकारी प्रगति विवरणमा मेलम्ची खानेपानी सपनाबाट यथार्थमा परिणत हुँदै गरेको दाबी गरिएको छ । त्यसैगरी भूकम्प पीडितहरु पनि विभिन्न खानेपानी योजनाहरुबाट लाभान्वित बनेको सरकारी विवरणमा उल्लेख छ ।

यो पनि पढ्नुस् 

ओली सरकारले सार्वजनिक गर्‍यो ५ महिने उपलब्धी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment