Comments Add Comment

रुनीले खाली पोस्टमा गोल जोगाए, ९६ औं मिनेटको उत्कृष्ट पासले जित

२८ साउन, काठमाडौं । अमेरिकन मेजर लिग सकरमा वायन रुनीले डीसी युनाइटेडका लागि अन्तिम समयमा खालि पोस्टमा जोगाएको गोल र उत्कृष्ट पासले दिलाएको जितको चर्चा चुलिएको छ ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इभर्टनका पूर्वखेलाडी रहेका इंग्ल्याण्डका पूर्वकप्तान रुनीले सोमबार ओर्लान्डो सिटीसँगको खेलमा चमत्कारिक प्रदर्शन गरेका हुन् ।

९६ औं मिनेटमा खेल दुई-दुई गोलको बराबरीमा थियो । त्यही बेला डीसी युनाइटेडले पाएको पेनाल्टीमा गोलकिपर डेभिड ओस्टेड पनि आˆनो पोस्ट छाडेर विपक्षीको पोस्टमा पुगेका थिए ।

ओर्लान्डो सिटीले कर्नर बलपछि बल फुत्काएर खाली पोस्टमा बढाइरहेको बल सेन्टर नजिकै रुनीले ट्याकल गरेर खोसेका थिए । लगत्तै उनले दिएको लामो पासमा डीसीका लुसियानो एकोस्टाले हेडिङ गोल गरेर जिताए ।

‘खेल अनौठो रहृयो । हामी अन्तिम पाँच सेकेण्डमा हारबाट जितमा पुग्यौं’ ३२ वर्षका रुनीले खेलपछि भने ।

‘फुटबल इतिहासमै यो उत्कृष्ट जित हो । हामीले १० जनामा सीमित उनीहरुविरुद्ध अझै राम्रो गर्न सक्थ्यौं । हाम्रो टिममा सुधारको धेरै ठाउँहरु छ’ उनले भने,

‘कर्नरको बेला म डिबक्समा नै जाने गर्थें । तर, आज यस्तै केही होला जस्तो लागेरै म बाहिर बसिरहेको थिएँ । नभन्दै मौका आयो र हामीले सदुपयोग पनि गर्न सक्यौं ।’

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment