Comments Add Comment

शंकरलाल केडिया मेमोरियल फुटसल कप हुने


२८ साउन, काठमाडौं । डीएभी स्कुल स्थापनामा नेतृत्वदायी भूमिका खेलेका स्वर्गीय शंकरलाल केडियाको सम्झनामा इन्ट्रा कलेज दोस्रो शंकरलाल केडिया मेमोरियल फुटसल कप-२०१८ आयोजित हुने भएको छ । डीएभी कलेज बिबिए चौथो सेमेष्टरका विद्यार्थी र स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट क्लबले कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रमको थालनी कलेजका अध्यक्ष अनिल केडियाको प्रमुख आतिथ्यमा निर्णायक (रेफ्री) लाई बल हस्तान्तरण गरिनेछ ।
डीएभीका थुप्रै विधाहरुमध्ये कक्षा १२, आईटी र स्नातक तहका बिबिए, बिबिएस र बिएससीका छात्र/छात्राहरुको सहभागी हुने जनाइएको छ ।

कार्यक्रमका आकार्षणमा फुड स्टल, गेम स्टल, फेस पेन्टिङ्ग, हाफ टाइम मनोरञ्जन लगायत छन् । टुर्नामेन्टका विजेताहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment