नाकको भित्र रहेको दायाबायाको पर्खालमा विशेष प्रकारको रगत मिश्रति मासुको डल्लो (टर्बिनेट) रहने गर्दछ । जसले नाकमा छिर्ने हावालाई आफू अनुकल बनाउन मद्दत गर्दछ । टबिनेट प्राय फुल्ने तथा सुक्ने गर्दछ ।
सोही क्रममा टर्विनेट ठूलो भएमा यसले नाकका समस्या हुने गर्दछ । विशेषगरी, ठूलो टर्बिनेटका कारण नाकमा जाने हावामा रुकावट पैदा हुन्छ । जसलाई सामान्य भाषामा नाकको हड्डी बढ्नु भनिने गरिन्छ भने चिकित्सकीय भाषामा टर्विनेट हाइपरट्रोफी भन्ने गरिन्छ ।
नाकको हड्डी बढेमा सास लिनमा समस्या हुनुका साथै, नाकको संक्रमण हुने तथा नाकबाट रगत बग्ने गर्दछ ।
पिनासको संक्रमण, परागको एलर्जी तथा वातावरणमा हुने परिवर्तनका कारण पनि तल्लो टर्विनेट सुन्निने तथा खुम्चने गर्दछ । जब तल्लो टर्विनेटक सुन्निन कम हुँदैन, त्यसबेला उक्त समस्यालालाई नाकको हड्डी बढ्ने समस्या भन्ने गरिन्छ ।
मानिसहरुको नाक अनुसार टर्विनेटको संख्या पनि फरक हुने गर्दछ । कसैमा तीन वटा टर्विनेट हुन्छ भने कसैमा चारवटा सम्म टर्विनेट रहेको पाइनने गरिन्छ । जबकी धेरैजसो मानिसहरुमा माथिल्लो, मध्यम र तल्लो टविर्नेट हुन्छ । सामान्यतया, तल्लो, मध्यम (बीच)को टर्विनेट बढ्नाले टर्बिनेट हाइपरट्रोफी’ हुने गर्दछ ।
टर्बिनेट हाइपरट्रोफीकै कारण मानिसलाई सास लिनमा कठिनाई हुनुका साथै घुर्ने समस्या उत्पन्न हुने गर्दछ । यसको उपचार औषधी तथा शल्यक्रियाद्धारा हुने गर्दछ ।
सामान्यतया नाकको हड्डी दुई तरीकाले बढ्ने गर्दछ । जुन यसप्रकार छः
नसल साइकल
नसल साइकलमा नाकको एउटा भागमा रहेको टर्विनेट चार देखि छ घण्टासम्म सुन्निने गर्दछ । र, एकापट्टीको ठिक भएपछि अर्को तर्फको टर्विनेट पुन सुन्निन थाल्दछ ।
क्रोनिक
टर्विनेट लामो समयसम्म सुन्निएमा वा टर्विनेटमा संक्रमण भएमा टर्विनेट बढ्ने गर्दछ । र, उक्त समस्या पछि गएर क्रोनिक (कडा) हुने गर्दछ ।
नाकको हड्डी बढ्नुका लक्षण
नाकको ह ड्डी बढेमा सास लिनमा समस्या हुने गर्दछ । यसबाहेक पनि अन्य धेरै समस्या हुने गर्छ । जुन यसप्रकार छः
-नाकबाट निरन्तर सिगान बढ्ने
-घुर्ने
-घ्राण क्षमतामा कमी आउने
-अनुहार दुखेको महसुस हुने
-लामो समयसम्म नाक बन्द रहने
-नाकको सट्टा मुखबाट सास लिएका कारण सुतेर उठ्दा मुख सुख्खा हुने
-निदारमा दवाव महसुस हुने
-टाउको दुख्ने
यसबाहेक, नाकको हड्डी बढेमा लामो समय सर्दी हुने गर्छ । जुन विना उपचार आफै ठिक हुन कठिन छ । यसबाहेक, नाकको हड्डी टेढो हुनु -सेप्टल डेभिएसन) पनि यसको लक्षण हुनसक्दछ । सेप्टल डेभिएसन भएमा नाकको दुवै प्वालको बीचमा रहेको कार्टिलेज -नाकको हड्डी) सिधा हुँदैन, जसले नाकमा जाने हावालाई रोकेर सास लिनमा कठिनाई उत्पन्न हुने गर्दछ ।
नाकको ह ड्डी बढ्नुका कारण ?
टर्विनेटको माथिल्ला भागमा रहेको झिल्ली रक्तसञ्चारको आधारमा फुक्ने तथा खुम्चिने गर्दछ । जसमा यी कुरा मुख्य कारकका रुपमा रहने गर्दछ ।
-लामो समयसम्म पिनास भएमा सुन्निने समस्या
-वातावरणमा रहेको परागका कण
-मादक पदार्थको सेवन
-हर्मोन सम्बन्धि बदलाव
-शरीरको तापमान तलमाथि हुनु
-गर्भावस्था
-बढ्दो उमेर
-जन्मजात समस्या हुनु
-रुघाखोकी तथा ज्वरो आउने
यी कारणहरुले गर्दा पनि नाकको हड्डी तथा टर्विनेटको उत्तक बढ्ने तथा सुन्निन सक्दछ । नाकको हड्डी बढ्ने समस्याबाट ग्रसित कयौ परिवारका सदस्यलाई एलर्जिक राइनाइटिसको समस्या हुने गर्दछ ।
नाकको हड्डी बढेमा हुने जोखिम ?
नाकको हड्डी बढेमा यी जोखिमहरु देखा पर्ने गर्छ ।
-नाकबाट बारम्बार रगत आउने
-नाकको हड्डी बाङ्गो हुने
-मौसम परिवर्तनसँगै एलर्जीको समस्या
उपचार विधि
नाकको हड्डी बढेमा दुई तरीकाले उपचार गर्न सकिन्छ ।
-औषधी
एलर्जीको औषधीबाहेक पनि यस्ता औषधीहरु छन्, जसको सुेवनले नाकको बहड्डी बढ्ने समस्यालाई नियन्त्रण्न गर्न सकिन्छ ।
-शल्यक्रिया
औषधीकेा सेवनद्धारा नाकको हड्डी बढ्ने समस्यामा कमी नआएमा नाकमा रहेको रगतले भरिएको मासु( टर्बिनेट)को शल्यक्रिया गरेर पनि यस समस्यालाई कम गर्न सकिन्छ ।
त्यसबाहेक, सबम्युकोसल डायथर्मी, इन्फेरियल टर्विनेट बोन रिसेक्सन तथा पार्टियल इन्फेरियल टर्विनेक्टोमी गरेर पनि यो समस्या कम गर्न सकिन्छ ।
नाकको हड्डी बढेमा हुने जटिलता ?
नाकको हड्डी बढेमा विभिन्न जटिलता सिर्जना हुने गर्दछ । विशेषगरी नाकको हड्डी बढेमा सास लिनमा कठिनाई भई अनिद्राको समस्या उत्पन्न हुनसक्छ । नाकको हड्डीकै कारण पिनासको संक्रमण हुनसक्छ, जसका कारण स्कुल तथा अफिसमा काम गर्नमा कठिनाई उत्पन्न हुने गर्छ ।
नाकको हड्डी बढेमा शल्यक्रियाद्धारा यसलाई निको बनाउन सकिन्छ । त्यस क्रममा नाकमा रहेको दुवै टर्विनेट निकाल्न भने हुँदैन । अन्यथा नाक बन्द रहने तथा नाक सुख्खा हुने समस्या रहने गर्दछ ।