बलिउडकी सर्वाधिक सुन्दर अभिनेत्रीको रुपमा चिनिन्छिन् ऐश्वर्या राय । तर, उनको सुन्दरताको विषयमा पनि बेलाबखत प्रश्न उठाउने गरिएको छ ।
ऐश्वर्याको सुन्दरता प्राकृतिक नभएको र उनले पटक-पटक प्लास्टिक सर्जरी गरी आफूलाई यो रुपमा ढालेको चर्चा हुन्छ । केही समयअघि अभिनेता इमरान हासमीले एक अन्तरवार्तामा ऐश्वर्यालाई ‘प्लास्टिककी गुडिया’ को संज्ञा दिएका थिए ।
ऐश्वर्याको किशोरावस्थाको तस्वीर र अहिलेको तस्वीर दाँजेर हेर्दा धेरै भिन्नता पाइन्छ । उमेरसँगै महिलाको अनुहारमा केही परिवर्तन आउनु स्वभाविक भए पनि ऐश्वर्याको अनुहारमा देखिने परिवर्तन भने स्वभाविक छैन । खासगरी उनको नाक, ओठ र गालाको स्वरुपमा धेरै परिवर्तन देखिएकाले उनले यी अंगहरुको प्लास्टिक सर्जरी गरेको आशंका गरिएको हो ।
पुरानो तस्वीरमा ऐश्वर्याको नाक फ्यात्त परेको देखिन्छ भने अहिले उनको नाक सलक्क परेको छ । ओठ पहिलो मोटो थियो भने अहिले पातलो छ । यसैगरी गाला पहिले स्याप्प थियो भने अहिले पुक्क छ । उनले मोडलिङमा आउनुअगाडि नै यी अंगहरुको प्लास्टिक सर्जरी गराएको बताइन्छ ।
आफूमाथि लागेको यस्तो आरोपका सम्वन्धमा ऐश्वर्याले पहिलोचोटि मुख खोलेकी छन् । उनले आफ्नो सुन्दरता प्राकृतिक भएको र कुनै अंगको प्लास्टिक सर्जरी नगराएको दावी गरिन् ।
‘म भाग्यमानी छु कि मलाई भगवानले सुन्दर रुप दिएका छन्,’ उनले भनिन्, ‘मेरो रुपमा ईश्र्या गर्नेहरुले लगाउने गरेका नचाहिँदा आरोपले मलाई केही फरक पार्दैन ।’