Comments Add Comment

छोरा तैमुरका लागि बडिगार्ड राख्ने करिनाको तयारी

जन्मनासाथ सेलिब्रिटी हुन्छन्, बलिउडका स्टार किड्सहरु । उनीहरुले खाएको, हिँडेको, हाँसेको, रोएको सबै समाचार बन्छन् ।

अहिले मिडियामा अत्यधिक चर्चा हुने गरेका स्टार किड हुन् सैफ अली खान र करिना कपुरका छोरा तैमुर । उनी दुई वर्ष पनि भएका छैनन्, तर उनको चर्चा कुनै सेलिबि्रटीको भन्दा कम छैन । मिडियाका क्यामराहरु उनको सानो झलकका लागि पनि मरिहत्ते गर्छन् ।

मिडियामा अत्यधिक चर्चा भएपछि मानिसहरुमा क्रेज बढ्ने नै भयो । त्यसैले आजकाल तैमुरलाई जहाँसुकै लिएर हिँड्न पनि बाबुआमालाई कठिन भएको छ । हालै उनकी सुसारेले स्कुल पुर्‍याउने क्रममा केही व्यक्तिहरुले घेरेर उनीसँग सेल्फी खिच्न खोजेका थिए । मानिसहरुले घेरेपछि तैमुर आत्तिएर रोए ।

यसरी छोरालाई बाहिर लिएर हिँड्नै समस्या आउन थालेपछि सैफ अली खान र करिना कपुरले उनको लागि छुट्टै बडिगार्ड राख्ने तयारी गरेको बुझिएको छ । त्यसपछि तैमुर जहाँ जाँदा पनि बडिगार्डले पछ्याउने छन् र भिडलाई उनको नजिक आउन दिने छैनन् ।

हालै एक अन्तरवार्तामा करिनाले मिडियारुले तैमुरलाई पछ्याएर अनावश्यक दुख दिने गरेको गुनासो गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment