Comments Add Comment

प्लेनको ट्वाइलेटभित्र राखीले गरिन् किकी डान्स

उट्पटाङ हर्कत गरेर चर्चा र विवादमा आउन खप्पिस छिन् बलिउडकी ड्रामा क्वीन राखी सावन्त । हालै उनले यस्तै एउटा हर्कत गरेकी छन् । राखीले इन्टाग्राममा एउटा भिडियो पोष्ट गरेकी छन् । भिडियोमा उनी हवाईजहाजभित्र सिटमा बसिरहेकी देखिन्छिन् ।

उनी भन्छिन्, ‘मलाई जहाजभित्रै डान्स गर्न मन लाग्यो, के गर्ने होला ?’ त्यसपछि उनले जहाजका क्रु मेम्बरलाई सोध्छिन्, ‘के म जहाजभित्र डान्स गर्न सक्छु ?’ उनीहरुले त्यस्तो गर्न नमिल्ने बताउँछन् । त्यसपछि राखी भन्छिन्, ‘ठिक छ त्यसो भए म वासरुम भित्र गएर डान्स गर्छु । मलाई बेस्सरी डान्सले च्याप्यो ।’

त्यसपछि उनी वासरुम भित्र पस्छिन् र अहिले ट्रेन्डिङमा रहेको गीत ‘किकी, डु यू लभ मी’ मा जिउ मर्काउन थाल्छिन् । ट्वाइलेटभित्र उनलाई डान्स गर्न रोक्ने कसले ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment