Comments Add Comment

यी हुन् बस्नलायक १० शहर, भियना पहिलो नम्बरमा

भियना, अष्ट्रिया

२९ साउन, काठमाडौं । विश्वमै बस्नलायक शहरको सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा परेको छ । बस्न लायक नरहेको सूचीमा भने युद्धग्रस्त सिरियाको राजधानी दमास्कस परेको छ ।

इकोनोमिक इन्टिलिजेन्स युनिटले विश्वमा बस्न लायक उत्कृष्ट १० शहरहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा पर्दा अष्ट्रेलियाको मेलबर्न दोस्रो नम्बरमा छ ।

टप टेनभित्र अष्ट्रेलिया र क्यानडाका तीन-तीन तथा जापानका दुईवटा शहरहरु परेका छन् ।

अष्ट्रेलियाको मेलबर्न दोस्रो, जापानको ओसाका तेस्रो, क्यानडाको कालगेरी चौथो र अष्ट्रेलियाको सिड्नी पाँचौ स्थानमा छन् । यसैगरी क्यानडाको भ्यानकोभर, क्यानडाकै टोरन्टो सातौं, जापानको टोकियो आठौं, डेनमार्कको कोपन हेगन नवौ र अष्ट्रेलियाको एडिलेड दशौ नम्बरमा छन् ।

सिरियाको दमास्कस भने बस्न लायक शहरको सूचीमा सबैभन्दा पुछारमा छ । दमास्कसभन्दा माथि क्रमशः बंगलादेशको ढाका, नाइजेरियाको लागोस् र पाकिस्तानको कराँची शहर छन् ।

हेर्नुहोस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment