Comments Add Comment

सतुंगलमा शंकास्पद वस्तु भेटियो, भक्तपुरमा बम निष्क्रिय

सतुंगलको सिप्रदी अगाडि भेटिएको शंकास्पद वस्तु ।

२९ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगलमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएको छ । सतुंगलमा रहेको सिप्रदी ट्रेडिङमा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु बम भएको अनुमान प्रहरीले गरे पनि खुलेको छैन ।

प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली अहिले शंकास्पद वस्तु भेटिएको स्थानमा पुगेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुनसक्ने आशंका प्रहरीको छ ।

विप्लव समूहले बन्द आह्वान गरेको दिन मंगलबार अन्य स्थानमा पनि बम भेटिएका छन् । भक्तपुरकाे सूर्यविनायक र लोकन्थलीमा प्रेसर ककुर बम फेला परेका हुन् ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए ।

उता, रौतहटमा पनि शंकाष्पद वस्तु फेला परेकाे छ ।  चन्द्रपुर–५ स्थित पूर्व पश्चिम् राजमार्गमा रहेको लच्कामा शंकास्पद वस्तु फेला परेको हाे ।

प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले बमको आशंकामा निष्क्रिय पार्ने प्रयास गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment