Comments Add Comment

भारतीय पेन्सन क्याम्पको शौचालयमा विष्फोट

२९ साउन, बुटवल । बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्पको शौचालयमा बम विष्फोट भएको छ । गएराति करिब साढे ९ बजेतिर भएको बम विष्फोटबाट शौचालय र बाथरुममा क्षति पुगेको छ । नजिकै रहेको जिल्ला सैनिक बोर्डको कार्यालय भवन समेत चर्किएको छ ।

बम बिष्फोटमा बन्दकर्ता विप्लव माओवादीको संलग्नता रहेको अनुमान छ ।

यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका ५ स्थित तुल्बुलिया पुलमा शंकास्पद बस्तु फेला परेको छ । पुलको मध्य भागमा रातो कपडाले बेरेको उक्त बस्तु बम हुनसक्ने आशंकामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस्तै बन्दको अवज्ञा गरेको भन्दै नेकपा कार्यकर्ताले रुपन्देहीको कटैयामा एउटा बसमा पेट्रोल छर्केर आगजनी प्रयास गरेका छन् । सो क्रममा एकजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बन्द आह्वानका कारण बुटवलको लुम्बिनी बस टर्मिनलमा कुनै सवारी साधन छैनन् । बस समितिका टिकट काउन्टरहरु पनि बन्द छन् । पूर्व पश्चिम र सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी साधन चलेका छैनन् । शिक्षण संस्था र बजार पनि बन्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment