Comments Add Comment

काठमाडौंमा चल्ने बसमा एसीको सुविधा


२९ साउन, काठमाडौं। थ्रीफ्ट मल्टिप्रपोज कम्पनीले बुधबारबाट काठमाडौंमा सुविधासम्पन्न बसहरु सञ्चालनमा ल्याउने भएको छ । ‘समृद्धि यातायात’ नाममा सञ्चालनमा आउने १० ठूला बसमा एयर कन्डिसनर (एसी)को सुविधा छ ।

काठमाडौं उपत्यकामा पहिलोपटक सार्वजनिक यातायातमा एसीको सुविधा दिन लागिएको हो । बसमा अफलाइन मल्टिमिडियासहित वाइफाइको सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।

प्रशस्त स्पेश भएको अपांगमैत्री ४० सिटे बसमा यात्रा गर्न असहज नहुने कम्पनीका सञ्चालकहरु बताउँछन् ।

स-साना ६० भन्दा बढी ब्यवसायीले पुँजी जम्मा गरेर खोलेको कम्पनीले लगानीको सुरूआत सार्वजनिक यातायातमार्फत गरेको हो ।

१० वटा बसमध्ये ६ वटाले नयाँबसपार्क-नारायणगोपालचोक-रत्पनपार्क-त्रिपुरेश्वर-कालिमाटी-कलंकी-सितापाइला हुँदै नयाँबसपार्कमा परिक्रमा गर्नेछन् ।

४ वटा बसहरु भने नयाँबसपार्क-चाबहिल-एपरपोर्ट-तीनकुने-नयाँबानेश्वर-रत्नपार्क आएर सोही रुट भएर फर्किनेछन् ।

‘हामी सार्वजनिक यातायातलाई सुधार गर्न आएका छौं । अब काठमाडौंका मुख्य रुटमा ठूला र सुविधायुक्त बसहरु ल्याउनुपर्छ ,’ कम्पनीका एक सञ्चालकले भने,’ठूला बसहरुले माइक्रो र मिनीबसमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतालाई हटाउन सक्ने हाम्रो विश्वास छ ।’

बसमा अपांगलाई दुई वटा ह्वीलचियर राख्ने स्पेश पनि छ । यस्तै उभिएर यात्रा गर्नेका लागि प्रशस्त स्पेश छ ।

यो पनि पढ्नुस्

पहिलोपटक टेम्पो र माइक्रो हटाएरै ठूला बस चलाइयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment