Comments Add Comment

लण्डनमा साम्राज्ञीलाई ढुकढुकीमा सजाउने धिरजको चाहना


असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को दोश्रो गीत र भिडियो सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकार धिरज मगरलाई फिचरिङ गरिएको यो गीतमा सुशिल कर्मचार्यको शब्द तथा स्वर छ । ‘लण्डनमा’ बोलको गीतले चलचित्रको मुख्य भावलाई प्रस्तुत गरेको छ ।

लण्डनमा बसेर काम गरिरहेको एक यूवा र उसको प्रेम कथालाई चलचित्रले उठान गरेको छ । रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको यो चलचित्रमा धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ ।

चलचित्रको पहिलो गीत ‘उडायो हावाले’ बोलको गीतले चर्चा पाइसकेको छ । उज्ज्वल जोशीले यो भिडियोको सम्पादन गरेका हुन् । चलचित्रको यो गीतको भिडियोमा लण्डनको जीवनशैली, मानिसका सुख र दुखका कुरा गरिएको छ ।

गीतको भिडियो बलिउड नायक साहरुख खानले अभिनय गरेको चलचित्र ‘जब तक हे जान’को ‘चल्लाकि लभ दा फिरे’ बोलको गीतको भिडियोसँग धेरै हदसम्म मिलेको छ । दुबै गीतको भिडियोलाई लण्डनमा खिचिएको हो । भिडियो मेकिङको शैली उस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment