Comments Add Comment

२०१७ मा दर्जनौं कलाकारलाई रोक्ने जापानले यस पटकको तीजमा के गर्ला ?

०७१ मा स्याङ्जा समाज जापानले अायोजना गरेको तीज कार्यक्रम । फाइल तस्वीर ।

१४ अगस्ट , टोकियो । तीज आउन ठ्याक्कै एक महिना बाँकी छ । हरेक वर्ष तीजकै अवसरमा जापानमा थुप्रै तीजे कार्यक्रमहरु हुँदै आइरहेका छन् । यस वर्षपनि जापानमा रहेका संघसंस्थाहरु तीजे कार्यक्रमका लागि जुटिरहेका छन् ।

तर, गत वर्ष दर्जनौं कलाकारलाई भिसा नदिएको पिरालोले भने उनीहरु खुलेर तयारीमा जुट्न सकिरहेका छैनन् । उनीहरुमा शंका छ कतै यस वर्षपनि कलाकारको भिसा रोक्ने पो हो कि ?  कतै कलाकारलाई एअरपोर्टबाटै फिर्ता पठाइदिने पो हो कि ?

हुन् त जापान सरकारले केही वर्ष यता टोकियोमा नेपाली कलाकारलाई ‘इन्टरटेन्टमेन्ट भिसा’ दिन पूर्णरुपमै बन्द गरेको छ । तरपनि बेलाबेला यहाँका आयोजकहरु कलाकारलाई ‘भिजिट भिसा’मा ल्याएर कार्यक्रम गर्दै आइरहेका छन् । जुन कार्य यहाँ गैरकानुनी मानिन्छ ।

जापानमा कुनै पनि कलाकारलाई घुमाउने उद्देश्यले बोलाई ठूलो बजेटको कार्यक्रम गर्नु गैरकानुनी मानिन्छ ।

यस वर्षको तीज कार्यक्रमका लागि पनि दर्जनौं कलाकारहरु जापान आउने तयारीमा छन् । तर, उनीहरु ‘इन्टरटेन्टमेन्ट भिसा’मा नभइ सबै ‘भिजिट भिसा’ बोकेर टोकियो छिर्ने तयारीमा रहेको स्रोत बताउँछ ।

विगतमा कार्यक्रमको नाममा नक्कली कलाकारबाट जापान प्रवेश गराएवापत मोटो रकम लिएर शरणार्थी बन्न उत्प्रेरित गर्ने गराउने र ओभरस्टेका कारण पछिल्लो समय जापानले नेपाली कलाकारलाई ‘इन्टरटेन्मेन्ट भिसा’मा कडाइ गरेको इमिग्रेशनका अधिकारी बताउँछन् ।

त्यस्तै कलाकारलाई ‘भिजिट भिसा’मा बोलाएर कार्यक्रम गर्दैमा आयोजकलाई केही फाइदा त होला र कलाकारले मोटो रकम त कमाउलान् ? तर, यहाँ  रहेका ८० हजारभन्दा बढी नेपालीहरुको भविष्य भने खत्तरामा पर्ने गुनासो नेपालीहरुको छ ।

यता कलाकार तय भइसकेका केही संघसंस्थाहरु प्रचारप्रसारमा जुटेका छन् ।

कार्यक्रमकै लागि ‘भिजिट भिसा’मा जापान छिर्न लागेका को-को कलाकारले एअरपोर्टमा प्रवेश अनुमति पाउने हुन् त्यो भने हेर्न बाँकी नै छ । आशा गरौं यस पटक सबै कलाकारले प्रवेशका लागि अनुमति पाउनेछन् र कार्यक्रम भव्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment