Comments Add Comment

कुपण्डोलमा प्रेसर कुकर भेटिएपछि आतंक, बम नभएको पुष्टि

२९ साउन, ललितपुर । मंगलबार दिउँसो ललितपुरको कुपण्डोलमा बम भेटिएको हल्लाले एक छिन आतंक सिर्जना गर्‍यो ।

बीच सडकमा कसैले प्रेसर कुकर छाडेर गएपछि केही बेर सडक अवरुद्धसमेत हुन पुग्यो भने स्थानीय वासिन्दा त्रासमा परे ।

ज्वागलबाट शंखमूलतिर जाने सडकनजिकै शंकास्पद प्रेसर कुकर भेटिएको थियो । त्यस नजिकै एउटा स्कुटर पनि ढलेको देखेपछि धेरैले उक्त स्कुटर प्रेसर कुकर बम राख्ने क्रममा नै ढलेको अनुमान गरे ।

तर महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख गणेश ऐर नजिकै प्रेसर कुकर देखेपछि डराएर ढलेको बताउँछन् । ‘नजिकै प्रेसरकुकर देखेपछि स्कुटरचालक डराएर ढलेको रहेछ’ उनले भने ।

प्रेसर कुकर भेटिएको केहीबेरमै महानगरीय प्रहरी परिसर ललितपुरबाट डीएसपी दीलिपराज झा नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।

‘घटनास्थल पुगेपछि हाम्रो टोलीले प्रेसरकुकरलाई तानेर साइडमा ल्याएर सडक सञ्चालन गर्‍यो’ एसएसपी ऐरले भने । प्रहरीले उक्त प्रेसरकुकरलाई बमको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाए पनि बम नभएको पुष्टी भएको ऐरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment