Comments Add Comment

प्रधानमन्त्रीले भदौ २ गते प्रदेशसभा २ मा संबोधन गर्ने

फाइल तस्वीर

२९ साउन, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई भदौ २ गते संबोधन गर्ने भएका छन् । प्रदेशसभालाई संबोधन गर्न प्रधानमन्त्री भदौ २ गते आउने तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

उनले भदौ २ गते विहान ११ बजे संबोधन गर्ने कार्यक्रम  भएको सभामुख सरोज कुमार यादवले बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश सभामा सम्बोधन गर्ने जानकारी मुख्यमन्त्रीबाट आएको छ अहिले पत्र नआए पनि प्रदेशसभा बैठकमा सम्बोधन  गर्ने तयारी प्रक्रिया सुरु भइसकेको छ’ प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयालले भने ।

प्रधानमन्त्री ओलीले प्रदेश १, प्रदेश ३, गण्डकी र प्रदेश ५ को प्रदेशसभालाई संबोधन गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment