Comments Add Comment

सुकुम्बासीका लागि बनाएको अपार्टमेन्टमा सांसदहरुलाई राख्न माग


२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिब्यमणि राज भण्डारी गरीबका लागि बनाइएको अपार्टमेन्टमा सांसदहरुलाई राख्न माग गरेका छन् ।

सहरी गरीब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि नार्गाजुन नगरपालिकाको इचंगुनारायणमा बनाएको अपार्टमेन्ट हाल प्रयोगविहीन छन् । गृह मन्त्रालयले त्यही अपार्टमेन्टलाई प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास बनाउने गृहकार्य थालेको छ ।

कांग्रेस सांसद भण्डारीले भने त्यहाँ सांसदहरुलाई राख्न आग्रह गरेका छन् । उनले भने, ‘उहाँहरु धेरै यहाँ बस्ने होइन । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको सट्टा हाम्रै सांसद साथीहरु हुनुहुन्छ, उहाँहरुलाई बस्न सुविधा छैन । अर्को व्यवस्था नहुँदासम्म बस्ने व्यवस्था गर्न अनुरोध गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment