Comments Add Comment

नागढुंगामा सुरुङ निर्माणका लागि ग्लोबल टेण्डर


२९ साउन, काठमाडौं । सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले ग्लोबल टेण्डर निकालेको छ । दातृ निकाय जाइकाको स्वीकृपिछि विभागले २ महिना समय दिएर गत शुक्रबार सूचना निकालेको हो ।

अबको ५ महिनाभित्रै कम्पनी छनोट भएर सम्झौता भइसक्ने सडक विभागको वैदेशिक महासाखाका प्रमुख सञ्जय श्रेष्ठ बताउँछन् । विभागले यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर ) तयार गरिसकेको छ ।

‘हामीले सबैजसो काम सकिसक्यौं, अब जाइकाले अनुमतिसँगै टेन्डर आह्वान भइसक्यो’, श्रेष्ठले भने । सुरुङमार्गको डिजाइन जापान सरकारले तयार गरेको हो ।

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।

सरकारले यसै आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फात पनि पनि यो आयोजनाको निर्माण सुरु गर्ने भनेको छ । नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।

श्रेष्ठका अनुसार सुरुङको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले नौबीसे देखि काठमाडौ प्रवेश गर्न तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । यो सुरुङमार्ग निर्माण गरेसँगै भने यो छोटिएर २० मिनेटमा झर्ने श्रेष्ठ बताउँछन् ।

उनका अनुसार दुवैतर्फका सडक बेला-बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टकिो सडक दुई लेन हुँदा अर्काेपट्टि एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १र १ मिटरको पेटी राखिने छ ।

सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment