Comments Add Comment

जनतासँग प्रधानमन्त्री कार्यक्रममा अब दर्शकले प्रश्न सोध्न पाउने

२९ साउन, काठमाडौं । जनतासँग प्रधानमन्त्री कार्यक्रम बुधबारदेखि प्रत्यक्ष प्रसारण हुनेभएको छ । यसअघि यो कार्यक्रम रेकर्ड गरेर पाक्षिक रुपमा प्रसारण हुँदै आएको थियो ।

बुधबारदेखि कार्यक्रम नेपाल टेलिभिजन, एपीवान एचडी, हिमालय टेलिभिजन, एबीसी टेलिभिजन र जनता टेलिभिजनमा राती ९ बजेदेखि १० बजेसम्म प्रत्यक्ष प्रसारण हुने कार्यक्रमका संचालक तथा निर्माता मनोज पाण्डेले बताए ।

साथै, ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको फेसबुक पेज र ‘हाम्रो कथा’ युट्युब च्यानलबाट पनि प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

यसपटकदेखि कार्यक्रममा दर्शकले टेलिफोन तथा सामाजिक सञ्जाल फेसबुक र टि्वटरमार्फत प्रधानमन्त्रीसमक्ष सिधै प्रश्न राख्न पाउने व्यबस्था मिलाइएको छ ।

टेलिफोनमार्फत प्रश्न राख्न कार्यक्रम सुरु भएपछि नेपाल टेलिभिजनको फोन नम्बर ०१-४२००५१२ र ०१-४२००५१३ मा फोन गर्नुपर्नेछ भने ‘जनतासँग प्रधानमन्त्री’को फेसबुक पेज तथा टि्वटरबाट पनि प्रश्न तथा आफ्नो गुनासो राख्न पाइने व्यबस्था मिलाइएको कथा नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment