Comments Add Comment

प्रहरी अस्पताललार्इ मेडिकल कलेज बनाउन पहल गर्छुः गृहसचिव रार्इ

गृहसचिवले गरे प्रहरी अस्पतालको निरीक्षण

२९ साउन, काठमाडौं । गृहसचिव प्रेमकुमार राईले नेपाल प्रहरी अस्पताल, महाराजगंजको मंगलबार निरीक्षण तथा अवलोकन गर्दै प्रहरी अस्पताललार्इ मेडिकल कलेज बनाउन पहल गर्ने बताएका छन् ।

उनले प्रहरी अस्पतालले अन्य अस्पताल सरह उत्कृष्ट स्वास्थ्य सेवासुविधा प्रदान गरेको चर्चा गर्दै मेडिकल कलेज बनाउनका लागि आवश्यक पहल गर्ने बताएका हुन् ।

सेवाग्राहीलाई समानरुपमा गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउँदै उनले अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सुविधा बृद्धि गर्दै लैजानु पर्नेमा जोड दिए । 

अस्पतालमा कार्यरत प्राविधिक जनशक्तिलाई अझै दक्ष बनाउने र वृत्तिविकासमा ध्यान दिई प्रोत्साहित गर्नुपर्ने बताउँदै राईले यसका लागि स्वास्थ्य मन्त्रालयसँग आवश्यक समन्वय गरिने बताए ।

रार्इले अस्पतालको नयाँ तथा पुरानो वार्ड भवन, ओपिडी, पुस्तकालय, प्याथोलोजी लगायतको निरीक्षण गरेका थिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निरीक्षण भ्रमणबाट प्रहरी कर्मचारीहरुमा थप उत्साह तथा जागरुकता थपिएको बताए ।

प्रहरी अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्न अझै उत्कृष्ट र बिरामीमैत्री सुविधा सेवा प्रदान र वातावरण उपलब्ध गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment