Comments Add Comment

सुशासन समितिले अर्थमन्त्रीलाई बोलायो

२९ साउन, काठमाडौं । संसदीय समितिले दिगो विकाससम्बन्धी कार्ययोजनाबारे अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल गर्ने भएको छ ।

दिगो विकास तथा सुशासन समितिको मंगलबार बसेको बैठकले अर्थमन्त्री डा. खतिवडालाई भदौ १ गते बोलाउने निर्णय गरेको हो । दिगो विकासका सम्बन्धमा सरकारको कार्ययोजनाबारे योजना आयोगका पदाधिकारीसहित अर्थमन्त्री खतिवडासँग छलफल गर्ने निर्णय गरिएको समितिका जेष्ठ सदस्य दिनानाथ शर्माले जानकारी दिए ।

समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापासँग शान्ति, सुरक्षा, अपराध, सुन तस्करी लगायतका विषयमा छलफल गरेको थियो ।

छलफलमा समितिका सदस्यहरुले सुन तस्करीमा संलग्नहरु सबैलाई कार्वाहीको दायरामा ल्याउन ढिलाई नगर्न गृहमन्त्री थापाको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रियसभा अन्तरगतको यो समितिको कार्य क्षेत्रभित्र नेपाल सरकारले अख्तियार गरेको दिगो एवम् सन्तुलित विकास र सुशासन प्रवर्द्धनसम्बन्धी विषय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment