Comments Add Comment

स्कूलमा घुम र खोयाको माला, बालबालिका पढाउने नयाँ चाला

२९ साउन, सिन्धुपाल्चोक । १४ स्टल । स्टलै पिच्छे बालविकास कक्षामा पढाउने सहजकर्ताहरुले निर्माण गरेका कालत्मक स्थानीय सामग्री । कतै खोयाको माला बनाएर चिटिक्क बनाइएको छ त कतै,घुम, डोको लगायतका स्थानीय सामग्री । बालबालिकाहरुलाई सिकाइमा सहयोग पुर्‍याउनका लागि कोही सहजकर्ताले स्थानीय सामग्रीकको प्रयोग गरेर पानी घट्ट नै निर्माण गरेर प्रर्दशनीमा ल्याएका छन् ।

विद्यालयको पहिलो आधार बालविकास कक्ष हुन्छ र बालविकास कक्षलाई प्रभावकारी बनाउने हो भने साना विद्यार्थीहरुले राम्रो सिक्न सक्छन् । बालबालिकाहरुलाई राम्रोसँग प्रस्फुटन हुन दिनका लागि सबै सुविधा युक्त बालविकास केन्द्र वा कक्षा हुँदा उनीहरुको क्षमतामा वृद्धि हुन्छ ।

बालबालिकाहरुको सिकाइमा परिर्वतन ल्याउनका लागि सिन्धुपाल्चोकका सबै विद्यालयहरुमा यतिबेला सुविधान सम्पन्न बालविकास केन्द्रको स्थापना गरिएको छ ।

बालविकास कक्षा अनि त्यहाँ कार्यरत सहजकर्ताहरुको अनुभव आदनप्रदान गर्ने उदेश्यले आयोजना गरिएको प्रथम बालविकास महोत्सवमा बालविकासका सहजकर्ताहरुले जिल्लाभरका विद्यालयमा हुने सिकाइको आदनप्रदान गरेका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा सदरमुकाम चौतारामा भएको प्रथम बाल विकास महोत्सवमा जिल्लाका सम्पूर्ण विद्यालयमा रहेका बालविकास कक्षामा सहजीकरण गर्नै सहजकर्ताहरुले स्थानीय सामग्री ल्याएर प्रर्दशनमा राखेका थिए ।

प्रदेश,जिल्ला,स्थानीय तह र समुदायका सरोकारवालहरुलाई प्रारम्भीक बाल विकासको सवालमा सचेत गराई रणनैतिक शैक्षिक योजना बनाउन दिर्घकालिन रुपमा अघि बढ्नका लागि पहिलो पटक यस्तो महोत्सवको आयोजना गरिएको शिक्षा विकास तगा समन्वय इकाइ प्रमुख गौरीशंकर पाण्डेले जानकारी दिए ।

बालविकास केन्द्रका सहजकर्ताहरुलाई आफ्नो पेशाप्रति मार्यादित बनाउन र प्रभावकारी सिकाइमा प्रतिबद्ध हुन पनि यो महोत्सव प्रभावकारि भएको पाण्डेले बताए । ‘सबै बालविकासमा भएका राम्रा अभ्यासहरुलाई यहाँ प्रस्तुत गरिएको थियो यसले गर्दा सिकाइ आदनप्रदान गर्ना धेरै सहज भएको छ ।’ इकाइ प्रमुख पाण्डेले भने।

बालविकास केन्द्रका सहजकर्ताहरुले बालविकास केन्द्रमा आउने साना बालबालिकाहरुलाई मुलत छ क्षेत्र निर्धारण गरेर सिकाउने गरेका छन् । भाषा, विज्ञान, वित्रान वातवरण, सामाजिक, सिर्जत्नमक कला र निर्माण सिकाइ क्षेत्र गरी स्थानीय सामग्रीको प्रयोग गरेर सिकाउने गरिएको महोत्सव आयोजनामा सहयोग गरेको टुकी संघ सुनकोशीका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेलले बताए ।

बालविकास महोत्सवमा सहजकर्ताहरुले बालबालिकाहरुलाई स्थानीय स्तरका सामग्री प्रयोग गरेर सिकाउने सबै सामग्री बोकेर आएका थिए । प्रर्दशनमा राखिएका १४ स्टलको अनुगमणमा पुगेका प्रदेश ३ का सामाजिक विकास मन्त्रीले एउटा स्टलमा आर्कषक माल देखेपछि त्यहाँ रहेकी सहजकर्ता सरिता गजुरेललाई सोध- के को माला हो यो ? सहजकर्ताले भनिन्-‘मकैको खोयाको हो सर?

अनि यो माला के गर्ने त मन्त्रीको प्रश्न सुनेपछि सहजकर्ता गजुरेलले भनिन्-बालविकास केन्द्रमा उत्कृष्ट हुने बालबालिकाहरुलाई यही माला लगाइदिने गरेको छ सर ! खोयाको यती आर्कषक माला देखेपछि मन्त्री दुलालले पनि त्यही माला लगाएका थिए । स्थानीय सामग्रीको प्रयोग गरेर यति आर्कषक माला बनाएको रहेछ,सहजकर्ताहरुलाई उत्प्रेरणा दिन मैले पनि माला लगाइ दिए दुलालले भने ।

बालशिक्षा माध्यमिक विद्यालयमा बालविकास कक्षामा विगत ६ बर्षदेखि अध्यापन गराउँदै आएकी पवित्रा पराजुलीले विद्यालयमा बालविकास कक्षामा जसरी सिकाउँदै आएकी छन्,स्टलमा पनि उनले त्यही शैक्षिक सामग्री प्रर्दशनमा ल्याएकी थिइन ।

सदरमुकामको टुडीखेलमा राखिएको सबै स्टकल हेरेपछि आफुले थप धेरै जान्ने अवसर पाएको उनले बताइन । अहिलेसम्म त हामीले जे जानेका थियौ त्यस्तै सामग्रीहरु मात्रै राखेर सिकाउने गरेका थियौ तर यहाँ आएर हेरेपछि धेरै जान्ने अवसर मिलेको छ उनले भनिन् ।

प्रर्दशनमा राखिएका १४ स्टल मध्ये उत्कृष्ट हुने तीन स्टललाई पुरस्कृत समेत गरिएको थियो ।

जिल्लामा ३ सय ५२ बालविकास केन्द्रहरु रहेका छन् त्यस मध्ये २ सय ७ जना सहजकर्ताहरुलाई सेभ द चिल्ड्रेन र टुकी संघ सुनकोशीबाट तालिम प्राप्त छन् । अन्य सहजकर्ताहरुलाई भने तत्कालिन जिल्ला शिक्षा कार्यालय र अन्य संघ संस्थाहरुबाट तालिम प्रदान गरिएको टुकी संघ सुनकोशीका कार्यकारी अधिकृत ज्ञानेन्द्र पौडेलले जानकारी दिए । महोत्सव पछि बालविकास केन्द्रमा हुनुपर्नै न्युनतम सामग्रीहरुको व्यवस्थापन गर्न समेत सहज हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पाण्डेले बताए ।

सहजकर्ताको गुनासो-६ हजारले के गर्नै ?

बालविकास महोत्सवमा आएका बालविकास केन्द्रका सहजकर्ताहरुले आफुहरु न्युन पारीश्रमीकमा काम गर्नु परेको गुनासो गरेका थिए ।भर्खरका बालबालिकाहरुलाई हामीले सिकाउनु पर्छ तर हामीलाई महिनाको जम्मा ६ हजार प्राप्त हुन्छ,कोल्दोङ देवी माविकी बालविकास सहजकर्ता लक्ष्मी घिसिङले भनिन्-‘मासिक ६ हजार आउँछ,यो ६ हजारले त दैनिक खाजा खाना पनि पुग्दैन ।’

लक्ष्मी जस्तै अर्का सहजकर्ता रञ्जु मोक्तानको गुनासो पनि आफुहरुलाई थोरै पारीश्रमीक दिएर राज्यले अन्याय गरेको दुखेसो गरिन। ठूला कक्षामा पढाउनेले महिनाको २२/२३ हजार लिन्छन्,अनि हामी त्यती नै दुःख गछौ तर जम्मा ६ हजार मात्रै पाउँछौ उनले भनिन्-‘उस्तै सिकाउने हो,अझ हामीलाई धेरै गाह्रो छ तर सुविधामा विभेद भो ।’

महोत्सवमा आएका सहजकर्ताहरुको गुनासो सुनेपछि प्रदेश-३ का सामजिक विकास मन्त्री युवराज दुलाले यो वर्षदेखि प्रदेश ३ का सबै बालविकास केन्द्रमा कार्यरत सहजकर्ताहरुका लागि मासिक १ हजार रुपियाँ वृद्धि गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment