Comments Add Comment

कामदारको बायोमेट्रिक गर्ने कम्पनी मलेसियन सरकारद्वारा निलम्बित


२९ साउन, काठमाडौं । मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियामा बायोमेट्रिक  गर्ने कम्पनी ‘बेस्टिनेट एसडीएन बीचडी’लाई निलम्बन गरेको छ । काकदारसँग अनाधिकृत रुपमा धेरै रकम असुलेर ‘मनी लौन्ड्रिङ’मा मुछिए पछि कम्पनीलाई त्यहाँको सरकारले नेपाली कामदारको भिसा प्रक्रियाबाट अलग गरिएको हो ।

यो कम्पनीले नेपालमा ३९ वटा मेडिकलहरुलाई एजेन्ट तोकेर कामदारको स्वास्थ्य परीक्षण र बायोमेट्रिकमा एकाधिकार कायम गरेको थियो । योसँगै अब कामदार लैजाने प्रक्रियालाई मलेसियाका तर्फबाट पनि बन्द भएको छ ।

मलेसियाले यसअघि नै ठगी प्रकरणमाथि अध्ययन थालेको थियो । अब मलेसियाले घुमाउरो रूपमा नेपालले उठाएको ठगीको मुद्दालार्इ स्वीकारेको छ ।

बायोमेट्रिक, भीएलएन, आईएससी, ओएससी लगायतका संयन्त्रमार्फत कामदार ठगिएपछि नेपालले एकतर्फीरुपमा मलेसियामा कामदार नै पठाउन बन्द गरेको थियो ।

विवादमा मुछिएपछि बायोमेट्रिकवाला संस्थालाई निलम्बन गरेको मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरनले जानकारी दिएका छन् । उनले केही दिनभित्रै मन्त्रिपरिषदबाट स्वीकृति पाएपछि नेपालसँग समस्या समाधानका लागि समझादरी (एमओयू) हुने बताएका छन् ।

मन्त्री कुलेसागरन आफैं यसका लागि नेपाल आउने तयारी छ । मलेसियाका प्रधानमन्त्री महाथिर महोम्मदले पनि नेपालसँग सरकारीस्तरमा छिट्टै एमओयू हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment