Comments Add Comment

लिंग कुहिएर झरेपछि वृद्धको मृत्यु

२९ साउन, काठमाडौं । अल्सर रोगको कारण लिंग कुहिएर झरेपछि भारतको लखनउमा एक ८२ वर्षीय वृद्धको मृत्यु भएको छ ।

वृद्धले आफ्नो यौनांगमा अल्सर भएपनि समाजको लाजको कारण त्यसलाई बेवास्ता गर्दै १२ महिनासम्म कसैलाई नभनी पीडा सहेर बसेका थिए ।

ब्रिटिस मेडिकल जर्नलमा गत बिहीबार प्रकाशित विस्तृत केस स्टडी अनुसार साह्रै भएपछि मात्र उनी उपचारका लागि अस्पतालमा गएका थिए । परिक्षणबाट उनको यौनांगमा अल्सर भएको र लिंग सुन्निएर घाउ भएको थाहा भयो ।

त्यसपछि डाक्टरहरुले उनको सुन्निएको लिंग सुकाएर घाउ निको पार्ने एन्टिबायोटिक्स औषधि दिएर पठाए । तर, अल्सर बिगि्रइसकेको कारण औषधिले छोएन र केही दिनपछि उनको लिंग कुहिएर झर्‍यो । त्यसपछि उनलाई तत्काल अस्पताल लगियो ।

उनको उपचारमा संलग्न किंग्स जर्ज मेडिकल युनिभर्सिटीका डाक्टर गौरभ गर्गका अनुसार चिकित्सकीय परीक्षणमा उक्त अल्सरको कारण वृद्धको लिंग कुहिएर झरेको पाइयो । अस्पताल लगिएको १५ दिनपछि उनको मृत्यु भयो ।

वृद्धले आफूलाई यौन रोग लागेको कुरा खण्डन गरे पनि उनको यौनांग नजिकै डल्लो देखिएकाले उनलाई यौन रोग पनि लागेको हुनसक्ने डाक्टरहरुले आशंका गरेका छन् । त्यस्तै उनलाई छालाको क्यान्सर समेत थियो ।

कुहिएर लिंग झरेपछि डाक्टरहरुले उनलाई सर्जरी गरेर पिसाब फेर्न मिल्ने बनाइदिएका थिए । वृद्धले लाज र सामाजिक चेतनाको कमीको कारण रोग लुकाएकाले उनको अवस्था खराब हुँदै गएको रिपोर्टले बताएको एसिया वानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment