Comments Add Comment

राउन्ड टेबल नेपालले विद्यालयमा बनाइदियो १२ वटा कक्षाकोठा


२९ साउन, काठमाडौं । राउन्ड टेबल नेपालले गोरखामा विद्यायलयलाई १२ वटा कक्षाकोठा निर्माण गरेर हस्तान्तरण गरेको छ । विनाशकारी भूकम्प पश्चात् राउन्ड टेबल ईन्टरनेसनलले राउन्ड टेबल, लेडिज सर्कल, ४१ क्लब, वोको फाउण्डेशन, ट्यान्जेन्ट र अगोरा गरी ६ विभिन्न अन्तर्राष्ट्रिय क्लबहरुको संयुक्त टोली संगठित गर्दै “अल फर नेपाल” नामक एक अभियान सुरुवात गरेको थियो ।

नेपाली समुदायलाई प्राकृतिक विपत्तिको विरुद्ध उभ्याउने एकिकृत लक्ष्यले यी क्लबहरु एक भएका थिए । राउन्ड टेबल नेपाल अल फर नेपाल परियोजना अन्तर्गत काठमाडौँ ब्लुज राउन्ड टेबल १९ ले पालुङटार नगरपालिका-८ गोरखामा अवस्थित अकला माध्यमिक विद्यालयलाई १२ वटा कक्षाकोठा रहेका २ भवन हस्तान्तरण गरेको छ ।

भवनको उद्घाटन प्रदेश ४का भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र संस्थाका अध्यक्ष जयन्त अग्रवालल र काठमाडौँ ब्लुज राउन्ड टेबल १९ का सभापति शिरिश मुरारकाले गरे ।

हस्तान्तरण कार्यक्रममा विद्यालयमा अध्ययनरत ८०० विद्यार्थी एवं अभिभावकहरुलाई जुस तथा स्टेसनरी सामग्री वितरण गरिएको थियो । त्यसैगरी, विनाशकारी भूकम्पले पानी ट्यांकीमा नोक्सानी पुर्‍याएकाले कार्यक्रममा पानी संकलनका लागि विद्यालयलाई १००० लिटरको एक पानी ट्यांकी हस्तान्तरण गरिएको थियो ।

साथै, विद्यालयका प्रतिनिधिहरुलाई पुस्तकालयका लागि किताबहरु पनि हस्तान्तरण गरियो । गोरखामा भवन हस्तान्तरणसँगै यस परियोजना आधिकारिक रुपमा समापन गरिएको छ ।

अल फर नेपाल परियोजनाले राउन्ड टेबल अन्तर्गत आˆनो अभियान मार्फत हालसम्म देशभर ११५ वटा कक्षाकोठाहरु हस्तान्तरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment