Comments Add Comment

उपत्यकाबाट विप्लव समूहका ५ जना पक्राउ

२९ साउन, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको दिन मंगलबार उपत्यकाबाट समूहका ५ जना पक्राउ परेका छन् ।

काठमाडौंबाट २ र ललितपुरबाट तीन जना गरी ५ जना पक्राउ परेका हुन् ।

काठमाडौंबाट विप्लव समूहका विद्यार्थी नेता उषा किरण र तारा सञ्जेल र ललितपुरबाट गोदावरीका कुमार सिलवाल, चापागाउँका चन्द्र परियार र लुबुका जयराम श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार दुई विद्यार्थी नेतालाई प्रेसर कुकर बमसहित जमलबाट पक्राउ गरिएको हो ।

‘केही स्थानमा तर्साउनलाई शंकास्पद वस्तुहरु राखिएको भेटिए पनि सबै डिस्पोज गरिएका थिए’, पोखरेलले अनलाइनखबरसँग भने, ‘पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेका छौं ।’

उता, प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले दिएको जानकारी अनुसार ३ जनालाई मंगलबार बिहान १ बजे लगनखेलबाट पक्राउ गरिएको हो ।

खनालका अनुसार ललितपुर प्रहरीले यसअघि पनि उनीहरुलाई नियन्त्रणमा लिएर तारेखमा छाडेको थियो ।

भक्तपुरका प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठका अनुसार मंगलबार त्यहाँ कुनै अप्रिय घटना भएन । ‘यहाँ सवारीसाधनहरु निर्वाध रुपमा चले’, उनले अनलाइनखबरसँग भने ।

विप्लव समूहले बन्द आह्वान गरे पनि उपत्यकामा बन्दको खासै प्रभाव परेन । विहानैदेखि सवारी साधन चलेका थिए । केही विद्यालय र कलेजहरु भने बन्द भएको जनाइएको छ ।

यो पनि पढ्नुस् 

काठमाडौं प्रहरी प्रमुख भन्छन्– त्रास देखाउने प्रयास मात्र हो, डराउनु पर्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment