Comments Add Comment

गृहमन्त्री भन्छन् : सुन तस्करीका ठूला माछा पक्राउ परिसके

२९ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीका ठूला माछाहरु पक्राउ परिसकेको दाबी गरेका छन् । केही लगानीकर्ता पत्ता लागेको तर, उनीहरु मध्ये केही फरार रहेको उनले बताए ।

मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले पछिल्लो ३/४ वर्षमा ३८ क्वीन्टल सुन तस्करी भएको पाइएको बताए । यो सबै नभई एउटा समूहले गरेको तस्करी भएको उनले बताए ।

यसमा मुख्य पात्रहरु पक्राउ परिसकेको भन्दै गृहमन्त्री बादलले भनेका छन्, ‘सुन तस्करीका ठूलै माछाहरु पनि छानविनमा आएका छन् । लगानीकर्ताहरु पनि कानुनको घेरामा आइसकका छन् । केही फरार छन् ।’

तस्करीको धेरै सुन दुबईबाट आएको पाइएको उनले बताए । सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको उनको दाबी छ । गृहमन्त्री थापाले प्रहरीको संघीय संरचना बनाउन काम थालिसकेको बताए ।

प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दाबी गरे । विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले अब त्यसो हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment