Comments Add Comment

नेपालमै अध्ययनका अबसर देखाउँदै ‘स्टडी इन नेपाल’ फेयर आयोजना हुने

काठमाण्डौ । शहरका घरघरमा आजकल स्टडी इन फलानो देश भन्दै टाँसिएका बोर्डको बिगबिगी छ । झट्ट हेर्दा यस्तो लाग्छ, नेपालमा उच्च शिक्षाका लागि कुनै अबसर नै छैन् ।

तर, नेपालमा यस्ता शिक्षण संस्थाहरु पनि छन् जहाँ भर्ना सिटभन्दा सयौं गुणा आबेदन पर्छन र त्यस्ता कलेजहरुमा भर्ना पाउनु सौभाग्य ठानिन्छ । बिदेशी शिक्षण संस्थाको तुलना निकै अब्बल ठहरिएका नेपालका यस्तै शैक्षिक संस्था र पढाइको अबसरबारे जानकारी दिन काठमाण्डौमा ‘स्टडी इन नेपाल’ मेला आयोजना हुँदै छ ।

काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा आगामी भाद्र १ र २ गते चौथो संस्करणको शैक्षिक मेला आयोजना हुने भएको छ । ‘स्वदेशीशिक्षा सबैको ईच्छा’ भन्ने मुख्य उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजक संस्था एजुकेशन डटकमका सीइओ जीवन लामा गोलेले जानकारी दिए ।

 

मेलामा नेपालमा गुणस्तरीय उच्चशिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्थामार्फत विद्यार्थीले आवश्यक परामर्श पाउन सक्नेछन् ।

मेलाको मुख्य प्रायोजक इस्लिङ्गटन कलेज रहेको छ । मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवनविश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् । त्रिभुवन विश्वविद्यालयको शंकरदेव क्याम्पस, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीलगायतले पनि परामर्श दिनेछन् ।

मेलामा ४० भन्दा बढी कलेजहरु सहभागिहुनेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment