Comments Add Comment

इटलीमा मोटरेबल पुल भत्किँदा २६ जनाको मृत्यु


३० साउन, काठमाडौं । इटलीमा मोटरेबल पुल भत्किँदा कम्तीमा २६ जनाको ज्यान गएको छ भने १५ जना गम्भीर घाइते भएका छन् । १ दर्जन हराइरहेका छन् ।

इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा रहेको पुल मङ्गलबार विहान १० बजे भत्किएको हो  । ४५ मिटर अग्लाे पुल भत्किँदा ३० भन्दा बढी गाडी बज्रेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ए १० सडक अन्तर्गतको पुल भत्किएर फसेको अनुमान गरिएकाहरुको उद्धारकर्ताहरुले खोजी जारी राखेका छन्  । इटलीका गृह मन्त्री म्यातियो साल्भिनीले झण्डै २०० जना उद्धारकर्ताहरु उद्धारमा संलग्न रहेको जनाएका छन् ।

पुलको २०० मिटर भाग भत्किएको छ । आँधी आएका बेला परेको चट्याङ लागेर भत्किएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । तर के कारणले पुल भत्कियो भन्ने यकिन भइसकेको छैन ।

सन् १९६० मा निर्माण भएको पुलको २ वर्षअघि मात्रै मर्मत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment