Comments Add Comment

दुनियाँकै जब्बर मान्छे, जसलाई ११ हजार भोल्टको करेन्टले पनि छुँदैन


करेन्टको सानो झट्काले पनि मान्छेको जिउ लल्याक लुलुक पारिदिन्छ । तर एकजना युवक यस्ता छन् जसलाई ११ हजार भोल्टको करेन्टले पनि कुनै असर गर्दैन ।

भारतको हरियाणस्थित सोनीपतमा बस्ने १९ वर्षका दीपक जांगडा दुनियाँका एक विचित्र पात्र हुन् ।

२७ सय भोल्टको करेन्ट कुनै पनि मानिसलाई मृत्युको मुखमा पूराउन पर्याप्त हुन्छ । तर दीपकलाई भने ११ हजार भोल्टको करेन्ट लगाइदिँदा पनि कुनै असर हुँदैन । स्मरण रहोस् ११ हजार भोल्टले ५ सय घरको लागि बिजुली पुग्दछ ।

दीपकको छातीमा करेन्ट लगाएर कयाैंपटक प्रयोग पनि गरिसकिएको छ । र, यसबाट पनि त्यो पुष्टि भैसकेको छ कि उनलाई करेन्टले कुनै असर गर्दैन ।

दीपकलाई आफ्नो जिउमा करेन्ट नलाग्ने कुराको अनुभूति पहिलोपटक ३ वर्षअघि भएको रहेछ । घरमा हिटर बिग्रेपछि उनले हिटर बनाउने बेलामा हातले नांगो तार छुन पुगे । करेन्ट बगिरहेको तार छुँदा पनि हातमा करेन्ट नलागेपछि उनी दंग परे । उनको त्यो अनौठो क्षमता देखेर सबै अचम्ममा परे ।

आफ्नो यो अनौठो क्षमता भगवानले दिएको उपहार भएको उनी बताउँछन् । अरु कोही पनि मानिसले गर्न नसक्ने काम आफूले गर्नसक्ने भएकाले आफू दुनियाँकै भाग्यमानी मान्छे भएको उनको भनाइ छ । आफूले आफ्नो त्यो शक्ति गुमाउन नचाहने पनि उनी बताउँछन् ।

आखिर दीपकको शरीरमा के त्यस्तो शक्ति छ, जसका कारण उनलाई करेन्ट लाग्दैन ? त्यो रहस्यमै रहेको छ । उनले यो पत्ता लगाउनका लागि डाक्टरसँग धेरै पटक आफ्नो रगत परीक्षण पनि गराए । तर सबै रिपोर्ट सामान्य पाइयो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment