Comments Add Comment

अनौठो चलन : जहाँ बिहेपछि हरेक रात ससुराली जानुपर्छ

दुनियाँमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा अनौठो परम्परा र रितिरिवाज पनि प्रसस्तै छन् ।

युनान प्रान्तका मुसो आदिवासीमा प्रचलित वैवाहिक संस्कार सायद दुनियामै अद्वितीय छ ।

यो समुदायमा बिहे गरिसकेपछि पनि लोग्नेस्वास्नीहरु आ आफ्नो घरमा बस्दछन् । अर्थात् आम रुपमा बिहेपछि बेहुली बेहुलाकोमा जाने प्रचलन यो समुदायमा छैन । विवाहित महिलाहरु आफ्नै माइतीमा बस्दछन् ।

बिहेपछि लोग्नेहरुले पत्नीलाई आफ्नो घरमा ल्याउने होइन की हरेक रात ससुराली जान्छन् र पत्नीसँग रात बिताउँछन् । पत्नीसँग रात बिताएपछि अर्को विहान सखारै उठेर एक्लै आफ्नो घर फर्किन्छन् ।

उनीहरुको दाम्पत्य सम्बन्धमा कुनै आर्थिक लेनदेख हुँदैन । दुबैलाई चित्त बुझेको दिनसम्म मात्र सम्बन्ध कायम रहन्छ ।

यतिमात्र होइन, सम्बन्धबाट जन्मिएका बालबच्चाको लालनपानको दायित्व पनि बाउको हुँदैन । महिलाले नै माइतीको सहयोगमा आफ्ना बालबच्चाको पालनपोषण गर्नुपर्दछ ।

यो समुदायमा कुनैपनि महिलाले जन्माउने बालबच्चा हुर्काउने जिम्मेवारी महिलाको लोग्ने वा सासु ससुराको हुँदैन महिलाकै बाउआमा तथा दाजुभाईको हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment