Comments Add Comment

टर्कीद्वारा अमेरिकी सामान बहिस्कार, एप्पललाई धक्का

टर्कीका राष्ट्रपति तैयिप एर्डोगानले देशमा अमेरिकी विद्युतीय सामानहरु बहिस्कार गर्ने घोषणा गरेका छन् ।

वाशिंटनसँगको विवादका बीच पछिल्लो समयमा टर्कीको मुद्रा लिरा अहिलेसम्मकै कमजोर बनेपछि राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।

साथै राष्ट्रपतिले टर्की अमेरिकी आर्थिक युद्धको तारो भएको भन्दै आफुसँग भएका डलर तथा युरो बिक्रि गर्न पनि देशबासीलाई आग्रह गरेका छन् ।

उनले अमेरिकी विद्युतीय सामानहरुको प्रयोगमा बहिस्कार लागू गर्ने घोषणा गर्दै आइफोनको साटो सामसुङ तथा आफ्नै भेस्टेल फोन प्रयोग गर्ने बताए ।

स्मरण रहोस् टर्कीका धेरै नेताहरु तथा सरकारी पदाधिकारीहरुले आइफोन प्रयोग गर्ने गरेका छन् । सन् २०१६ मा कू हुनबाट जोगिएका राष्ट्रपति एर्डोगानले त्यसबेला एप्पलको फेसटाइम मार्फत नै आफ्ना समर्थकलाई अपिल गरेका थिए ।

स्मरण रहोस् टर्कीको स्तानबुलमा दुईवटा एप्पल स्टोर रहेका छन् । एप्पलका सिइओले हरेक वर्ष टर्किस बाल दिवस विशेष रुपमा मनाउने गरेका छन् ।

टर्कीमा एप्पलको व्यापार ठ्याक्कै कति छ भन्ने तथ्यांक नभएतापनि टर्कीका राष्ट्रपतिको बहिस्कारको घोषणा कार्यान्वयन भएमा एप्पलको आम्दानीमा केही धक्का अवश्य लाग्ने बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment