Comments Add Comment

गलत ढंगले सास फेर्दा घट्छ आयु, थाहा पाइराखौं सही तरिका

हामीलाई बाँच्नका लागि के-के आवश्यक हुन्छ । अर्थात शरीरलाई जीवित राख्न के कुरा चाहिन्छ ?

हामी फटाफट जवाफ दिन्छौं, ‘खानेकुरा, पानी आदि ।’ यी प्रकृतिप्रदत्त चिज हुन्, जो हामीलाई जीवित रहनका लागि आवश्यक हुन्छ । खानेकुरा, पानी आदि नखाई पनि हाम्रो प्राण केही अवधीका लागि धान्न सकिन्छ । तर, सास ?

सास अर्थात अक्सिजनको अभावमा हामी केही क्षणसम्म जीवित रहन सक्छौं । यो हामीलाई पल-पलमा चाहिने कुरा हो ।

अर्को रोचक त के भने, खानेकुरा, पानी जस्ता अन्य कुरा हामीले व्यवस्था गर्नुपर्छ । खरिद गर्नुपर्छ । उचित तवरले त्यसलाई सेवन गर्नुपर्छ । वायु भने स्वचालित रुपमा शरीरले ग्रहण गर्छ । यसको लागि हामीले कतिपनि मूल्य तिर्नु पर्दैन ।

भात चपाए जस्तै सास फेर्नका लागि हामीले अतिरिक्त बल प्रयोग गर्नुपर्दैन । त्यही कारण सास फेर्ने विधीबारे हामीलाई कुनै सरोकार हुन्न । चासो हुन्न । जबकी सास फेर्न पनि जान्नुपर्छ । गलत ढंगले सास फेरिरहँदा त्यसको असर शरीरमा पर्छ । फलत हामी रोगी, जीर्ण र चाडै बुढो हुन्छौं ।

सास फेर्ने तरिका

एक दिनमा हामी लगभग २३ हजार पटक सास फेर्छौं ।

तर, के तपाईलाई थाहा छ कि हामी मध्य धेरैले गलत तरिकाले सास फेर्ने गर्छौं जसको कारण हाम्रो उमेर घट्छ । अध्ययनहरुका अनुसार यदि तपाई ठिक तरिकाले श्वासप्रश्वास गर्नहुन्छ भने आफ्नो जिन्दगीलाई लम्ब्याउन सक्नुहुन्छ ।

वास्तवमा श्वासप्रश्वासको हाम्रो आयुसँग सीधा र गहिरो सम्बन्ध छ । छोटो, अधुरो र छिटोछिटोसास फेर्ने गर्नाले हाम्रो उमेर घट्न सक्छ ।

हामीले श्वासप्रश्वास गर्ने क्रममा कैयौं गल्तीहरु गर्छौं जसलाई सुधार्ने हो भने हामी स्वस्थ  र निरोगी बन्न सक्छौं । यसको साथै हामीले लामो जीवन पनि पाउन सक्छौं ।

सास फेर्दाको समयमा तपाईंले कुन गल्तीहरु गर्नुहुन्छ भन्ने तपाईंलाई थाहा नहुन पनि सक्छ । त्यसैले आज हामी तपाईंलाई सास फेर्ने सहि तरिकाको बारेमा जानकारी दिन गइरहेका छौं ।

श्वासप्रश्वासको गलत तरिकाले प्रतिरोधक क्षमता घट्छ

जब जब हामी ठूलो हुँदै जान्छौं यस्तोमा हाम्रो सास पनि छिटोछिटो चल्न थाल्छन र हाम्रो कोषहरुसम्म ठिक ढंगले अक्सिजन पुग्न पाउँदैन । यसै कारण स्ट्रेट-रेस्पोन्स सिस्टम पनि धेरै सक्रिय हुन्छ । यसको नतिजास्वरुप हाम्रो रोग प्रतिरोधी क्षमता कमजोर हुन थाल्छ र कैयौं किसिमका रोगले हामीलाई सताउन थाल्छ ।

फोक्सोको क्षमताको पुर्ण उपयोग गरिँदैन्

अध्ययनहरुका अनुसार आधुनिक जीवनशैलीमा हुर्किएका संसारका सबै मानिसहरु गलत तरिकाले सास फेरिरहेका छन् । अध्ययन अनुसार आधुनिक मानिसले आफ्नो फोक्सोको सास भर्ने क्षमताको ३० प्रतिशत मात्रै उपयोग गरिरहेका छन् । बाँकी ७० प्रतिशत क्षमता प्रयोगमा नआउना त्यत्तिकै बेकार नै रहन्छ ।

थाहा पाइराख्नुहोस् यस्तो छ सास फेर्ने सहि तरिकाः

श्वासप्रश्वास गर्दा पेटबाट लिन पर्छ

प्रायजसो हामी छिटो छिटो सास फेर्ने गर्छौं । तर यो सास फेर्ने गलत तरिका हो । सास सँधै पेटबाट लिनु पर्छ । यसरी ठिक तरिकाले श्वासप्रश्वास गरेमा शारीरिक रुपमा फाइदा हुने मात्रै होइन यसले तपाईंलाई मानसिक रुपमा शान्त पनि बनाउँछ ।

श्वासप्रश्वास नाकबाट गर्ने

नाकले सास फेर्नु एक राम्रो अभ्यास हो । वास्तवमा जब हामी मुखले सास लिन्छौं त्यतिखेर फोक्सकोमा जाने धेरैजसो हावा फिल्टर हुन पाउँदैन । तर, नाकबाट सास लिनाले हावा राम्रो तरिकाले फिल्टर हुन्छ किनभने नाकको कामै सासलाई फिल्टर गर्ने हो ।

मुखबाट सास लिएमा समयमा कैयौं किसिमका भाइरस र ब्याक्टेरिया सबै तपाईंको शरीरमा प्रवेश गर्छ । यसैले हामीले सँधै नाकबाट नै श्वासप्रश्वास गर्नुपर्छ ।

पेटमा सास खिच्नुहोस्

जब तपाई नाकले सास खिच्नुहुन्छ त्यतिखेर हावा पेटसम्म जानुपर्छ । यदि तपाई नाकले गहिरो सास लिनुहुन्छ भने ७० देखि ८० प्रतिशत सम्म हावा डायफ्रमलाई मिल्छ । यो सास फेर्ने सबैभन्दा राम्रो तरिका हो ।

यो प्रक्रियाको सबैभन्दा राम्रो कुरा के हो भने यसले हामीलाई शुद्ध र फिल्टर भएको सास त मिल्छ नै साथै यसले डायफ्रम, लिभर, पेट र कोखको मजाज पनि गरिदिन्छ ।

बिस्तारै फेर्नुहोस् सास

धेरै छिटोछिटो र तिव्र रुपमा सास श्वासप्रश्वास गर्नाले हावा ठिकसँग शरीरमा पुग्न पाउँदैन । यसैले तपाईंले जे काम गरेपनि विस्तारै र गहिरो सास लिनुहोस् । साथै हावालाई महसुस गर्दै सासलाई पेटमा खिच्नुहोस् ।

हामीले जति धेरै अक्सिजन पेटमा खिच्छौं हाम्रो शरीर त्यति नै स्वस्थ रहन्छ । यसैले धेरै प्रदुषणयुक्त स्थानमा जानबाट बच्नुहोस् र यस्तो स्थानमा जानुहोस् जहाँको हावा स्वस्थ र स्वच्छ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment