Comments Add Comment

बानेश्वरमा होस्टलको छतबाट खसेर बालिकाको मृत्यु

२९ साउन, काठमाडौं । काठमाडौं–३१, बानेश्वरमा होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।

प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णको ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको हो ।

होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल, मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान जारी रहेको बताइएको छ ।

यो पनि पढ्नुस् 

बानेश्वरका होस्टलमा प्रहरी अनुगमन : विद्यार्थीको पलङमा गाँजा र तास !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment