Comments Add Comment

आमाले भनेकै आधारमा बच्चाको जन्मदर्ता हुन्छ : स्वास्थ्यमन्त्री यादव

३० साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाबुको पहिचान नभए पनि आमाले भनेकै आधारमा जन्मदर्ता हुने प्रष्ट आधार सहित सरकारले विधेयक ल्याएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले विधेयकले बाबुको पहिचान नहुनुको कारण मात्रै खोजेको बताए । त्यसलाई महिलाहरुले आत्मसम्मान गिरेको रुपमा लिन नहुने र महिलाहरुलाई आत्मसम्मान गिराउने मनसाय कहिँकतै नरहेको मन्त्री यादवको भनाइ छ ।

‘सुरक्षित मातृत्व प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले प्रसूति बिदा, पोषणको अधिकार सबैका लागि नभएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गरेका थिए ।

जवाफमा मन्त्री यादवले सरकारले प्रदेश सरकार र स्थानीय सरकारमार्फत अनुदान रकमको व्यवस्था गरी सबैलाई सुरक्षित मातृत्व अधिकार प्रदान गर्ने सरकारले लक्ष्य राखेको बताए । ‘प्रत्येक गाउँहरुमा आधारभूत सेवा पुर्‍याउने र वर्थिङ सेन्टरको स्थापना गर्ने गरी सरकार अघि बढिरहेको छ’ यादवले भने ।

संविधानको धारा ३८ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व हुनेछ भन्ने अधिकारको व्यवस्था छ । यही अधिकार प्रत्योजनका लागि सरकारले ल्याएको सुरक्षित मातृत्व सम्बन्धी विधेयक सदनबाट स्वीकृत भएको छ ।

विधेयकमा जन्म नियन्त्रणको अधिकार, सूचनाको अधिकार, गोपनीयताको अधिकार सुरक्षित गरेको छ । परिवार नियोजन, प्रसूति अधिकार, सुरक्षित प्रजनन लगायतका व्यवस्था गरिएको छ ।

सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले ९८ दिन सुत्केरी विदा पाउने, जटिल शल्यक्रिया गर्नुपर्ने भएमा वा विदा अपुग भएमा चिकित्सकको परामर्श बमोजिम थप एक महिना बिदा गर्न सकिने, पुरुष कर्मचारीको हकमा श्रीमती सुत्केरी भएको बेला हेरविचारका लागि १५ दिन विदा दिने लगायतका व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment